
लक्ष्मीपूजाकै दिन ४८ मेगावाट बिजुली भारत पठाइयो : नेपालमा १२ सय ७० मेगावाट माग
काठमाण्डाै - लक्ष्मी पूजाको दिन हिजो नेपालबाट ४८ मेगावाट बिजुली भारत पठाइएको छ । नेपालले पहिलो चरणमा मङ्गलवार राति ३९ मेगावाट विद्युत् भारतमा निर्यात गरेको थियो ।
हिजो लक्ष्मी पूजाको दिन ४८ मेगावाट बिजुली भारत पठाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । विगतका वर्षमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत् आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको छ।
यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन नेपालमा विद्युतको उच्च माग १२ सय ७० मेगावाट पुगेको छ । प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन बेलुका सभा ६ बजे पिक डिमाण्ड १२ सय ७० मेगावाट रेकर्ड गरेको हो ।
गएकाे वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ११ सय २३ मेगावाट थियो । अघिल्लो वर्षको तुलनामा यो वर्षको लक्ष्मीपूजाको पिक डिमाण्ड १४७ मेगावाट बढी हो ।
पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी त्यहीअनुसार विद्यु...