
लामो समयपछि केपीलाई प्रचण्डको पहिलो प्रहार, एमालेका शिर्ष नेताहरु नै तरंगित !
काठमाडौँ ।
सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा सरकारले धाँधली गरेको भनेर प्रमुख प्रतिपक्षी दलका नेता ।
केपी शर्मा ओलीले ‘धारेहात लगाउनु बेठीक’ भएको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी ।
हुने क्रममा दाहालले स्थानीय तह निर्वाचनमा कमीकमजोरी भएका छन् भने समीक्षा गर्नुपर्ने तर प्रतिपक्षी दलका नेताले भनेजस्तो धाँधली नभएको बताए ।
पराजित भएपछिको अभिव्यक्ति ओलीले दिएको उनको भनाइ थियो । ‘स्थानीय तह निर्वाचन मूलभूत रूपमा सफल भएको छ ।
हामी सबै सहभागी भएको निर्वाचन मतगणना हुँदै जाँदा, मतपरिणाम आउँदै गर्दा पराजित भएपछि सरकारमाथि धारेहात लगाउने विल्कुल बेठीक छ,’ उनले भने ।
दाहालले स्थानीय तह निर्वाचनमा सरकारको हस्तक्षेप भएको र धाँधली गरेको भन्ने कुरा निर्वाचन अवधिमा किन नउठाएको भनेर पनि प्रश्न गरे ...