
घरमै भएका खानेकुरा मिलाएर खुवाएमा पोषणको कमी हुँदैन भनेर प्रचार गर्नु जरुरी छ
कोभिडका कारण अहिले जुनसुकै उमेर समूहका मानिसको पोषणमा प्रभाव परिरहेको छ । त्यसमा पनि स्कुल जाने बालबालिकामा कोभिडले पोषणका सन्दर्भमा धेरै नै प्रभाव पारेको विभिन्न अध्ययनले देखाएको छ । अहिले स्कुल जाने उमेर समूहका बालबालिकाको तीव्र शारीरिक विकास हुने समय हो । यो समयमा पोषणमा ध्यान पुर्याउन सकिएन भने त्यसले शारीरिक तथा मानसिक विकासमा समेत असर
पुर्याउछ ।त्यसकारण अहिले कोभिडको समयमा हामीले बालबालिकाको खाना तथा सरसफाइमा विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ ।नेपालमा ५ वर्षमुनिका बालबालिकाको पोषणको अवस्था सन्तोषजनक छैन । केही सुधार भए पनि खासै राम्रो अवस्थामा छैन । पोषणको अभावमा बालबालिका कुपोषित हुने मात्र नभइ कोभिड मात्र नभएर अन्य रोगहरुले पनि आक्रमण गर्न सक्ने खतरा हुन्छ किनकि पोषणको अभावमा रोगप्रतिरोधात्मक क्षमता कम हुन्छ । जसका कारण कोभिड मात्र नभएर अन्य रोगहरुले पनि आक्रमण गर्न सक्छ ।
...