खुसीको खबर पब्जीमा नेपाली टिमलाई ऐतिहासिक सफलता सम्मान स्वरूप १ लाइक १ शेयर - Like For Nepal    

खुसीको खबर पब्जीमा नेपाली टिमलाई ऐतिहासिक सफलता सम्मान स्वरूप १ लाइक १ शेयर

पब्जीमा नेपाली टिमलाई ऐतिहासिक सफलता नेपालको पब्जी मोबाइल टिम डीआरएस गेमिङले ऐतिहासिक सफलता पाएको छ । हालै सम्पन्न ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल’ (पीएमडब्लुआई) मा डीआरएसले ६५ लाख रुपैयाँ प्राप्त गर्न सफल भएको हो । सो प्रतियोगितामा ‘पीएमडब्लुआई इस्ट’ र ‘पीएमडब्लुआई वेस्ट

गरी विश्वका ३२ पब्जी माेबाइल टिमले प्रतिस्पर्धा गरेका थिए । पीएमडब्लुआई इस्ट अन्तर्गत डीआरएस १४४ प्वाइन्टसहित ८औं स्थानमा रहन सफल भयो ।डीआरएसले यो प्रतियोगिताबाट पाएकाे रकम परोपकारी सेवामा खर्चिने घोषणा गरेको छ । पीएमडब्लुआई इस्टमा पहिलो स्थान थाइल्याण्डको भाल्डस ईस्पोर्टस र पीएमडब्लुआई वेस्टमा पहिलाे स्थान ब्राजिलकाे अल्फा सेभेन ईस्पोर्टसले जितेकाे छ ।

च्यारिटी इभेन्टकाे रूपमा आयोजना भएको पीएमडब्लुआईमा कुल पुरस्कार राशी ३० लाख अमेरिकी डलर (करिब ३५ कराेड ७३ लाख रूपैयाँ) रहेको छ । infonepalonline.com

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!