काजुका बहुउपयाेगी गुण, दिमाग तेज बनाउने थकान हटाउने हेर्नुहोस् बहुउपयोगी। - Like For Nepal    

काजुका बहुउपयाेगी गुण, दिमाग तेज बनाउने थकान हटाउने हेर्नुहोस् बहुउपयोगी।

काजुका बहुउपयाेगी गुण, दिमाग तेज बनाउने थकान हटाउने
सामान्य मानिसकाे क्रयशक्ति भन्दा माथि रहेकाे काजुको धेरै उपयाेगी गुणहरू छन् । यसकाे नियमित प्रयाेगले धेरै फाइदा लिन सकिन्छ । काजु खानाले शरीरमा युरिक एसिड फर्मेसन हुँदैन । युरिक एसिडको

समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन । तर, त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् । काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ त्यसैले यसको प्रयोगले शरीरमा ऊर्जा थपिनगई फुर्ती आउँछ
काजुमा पाइने ओलिक एसिडले मुटुलाई स्वस्थ र बलियो राख्छ ।

यसका अतिरिक्त काजुमा पाइने विभिन्न तत्वले मुटुका मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छन् । काजुको प्रयोग खानमा मात्रै नभएर यसले मसाज पनि गर्न सकिन्छ । यसमा प्रोटिनको मात्रा उच्च हुने भएकाले यसलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नुपर्छ । त्यसले गर्दा अनुहार अझ बढी चम्किलो हुन्छ ।

काजुमा एक प्रकारको तेल पाइन्छ, जसमा भिटामिन–बी प्रचुर मात्रामा हुन्छ । यसले दिमाग तेजिलो बनाउँछ । काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुन्छ । त्यसैले काजु खाने गर्नाले रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ । हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रित रहन्छ । Pathivaradaily.com

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!