डबल डिग्री गरेर तरकारी रोप्दा कसले के भन्यो ? ७ करोड खर्चेर सामुहिक खेती गर्दै किसान │Nepal Chitra - Like For Nepal    

डबल डिग्री गरेर तरकारी रोप्दा कसले के भन्यो ? ७ करोड खर्चेर सामुहिक खेती गर्दै किसान │Nepal Chitra

डबल डिग्री गरेर तरकारी रोप्दा कसले के भन्यो ? ७ करोड खर्चेर सामुहिक खेती गर्दै किसान │Nepal Chitra

यो पनि पढ्नुहोस।
मानिसको जीवनमा कस्तो घटना कतिखेर घट्छ कसैलाई थाहा हुँदैन । अभिनेत्री बन्ने सपना बोकेर डिप्लोमा गर्न २ वर्षअघि भारत पुगेकी निशा घिमिरेको जीवनमा पनि एउटा अप्रत्यासित घटना घट्यो, जसले उनको सारा सपना निमोठियो । उनलाई अभिनेत्री बन्नु थियो । दर्शकको ठूलो भीडमा उभिएर अटोग्राफ दिनु थियो । तर, एउटा दुर्घटनाले आज उनी जीवन र मृत्युसँग लडिरहेकी छन् । डिप्लोमा गर्न भारत पुगेको केही समयमा नै उनी सवारी दुर्घटनामा परिन् । जसका कारण उनलाई ब्रेन ह्यामरेज भयो ।

लामो समय उनको भारतमै उपचार भयो । तर, अस्पतालको खर्च धान्न नसक्ने भएपछि उनका परिवारले भारतस्थित नेपाली दूतावासदेखि विभिन्न संस्थालाई गुहारे । तर, कतैबाट सहयोग नपाएपछि आफ्नै खर्चमा परिवारले निशालाई एम्बुलेन्समा राखेर नेपाल ल्याए । उनको उपचारमा परिवारको सबै जायजेथा सकिसकेको छ । कोठा भाडामा बस्न सक्ने अवस्था नभएपछि अहिले उनको परिवारले भैंसीपाटीमा टिनले बारेर एउटा झुप्रो बनाएका छन् । त्यही परिवारको रेखदेखमा बस्दै आएकी छन्, निशा ।

उनको शरीर सुकेर दाउरो भइसक्यो । परिवारका सदस्यलाई समेत चिन्न छाडिसकेकी छन् । उनको अवस्था देख्दा जो कोहीको आँखा रसाउँछ । केही दिनदेखि सामाजिक सञ्जालमा उनका पहिले र अहिलेका तस्विरहरु भाइरल भएका छन् । उनको अवस्था देखेर सहयोग जुट्ने क्रम बढेको छ । मंगलवार म्यूजिक भिडियो निर्देशक शान थापासहितको टिमले उनको पितालाई १० हजार सहयोग गर्‍यो । भेटमा उनका पिताले सहयोगका लागि आग्रह गरेको शानले बताए ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!