अपि'ल त्रिपाटी खै ? नयाँ टिभीमा रबि लामिछानेसंगै राजेश हमाल, रमेश प्रसाई, दिपकराजको एकै साथ - Like For Nepal    

अपि’ल त्रिपाटी खै ? नयाँ टिभीमा रबि लामिछानेसंगै राजेश हमाल, रमेश प्रसाई, दिपकराजको एकै साथ

चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले नयाँ टेलिभिजन ‘ग्यालेक्सी टेलिभिजन फोर के’ ल्याउने घोषणा गरेका छन् । राजधानीको तारे होटल म्यारिअटमा उनले टेलिभिजन लन्च गरे ।पत्रकार सम्मेलनमा टेलिभिजनले प्रसारण गर्ने लाइनअप पनि सार्वजनिक गरिएको छ । जसमा अभिनेता राजेश हमालले होस्ट गर्ने ‘को बन्छ करोडपति’ देखि दीपकराज गिरीको ‘क्राइम प्याट्रोल’ सम्म छन् ।सामाजिक अभियन्ता रमेश प्रसाइँले ‘लाल मोहर’ नामक टकसो चलाउने भएका छन् ।

आफ्नो टकसो नेता केन्द्रितभन्दा भुइँमान्छे लक्षित हुने उनले बताए । विगतमा एपीवान टिभीमा प्रसारण भएको को बन्छ करोडपछि अब ग्यालेक्सी टिभीमा प्रसारण हुने भएको छ ।हमाल र गिरीले आफूहरुले संचालन गर्ने कार्यक्रमको पोस्टर अनावरण उक्त अवसरमा गरे । राष्ट्रिय आविष्कार केन्द्रका संचालक डा. महावीर पुनले इनोभेसन सम्बन्धी कार्यक्रम होस्ट गर्ने भएका छन् । उनकी व्यवस्थापक मीरा पोखरेलले यो कार्यक्रमले बैज्ञानिक उत्पादन गर्ने जानकारी दिइन् ।इन्दिरा जोशी, न्यूह बज्राचार्य र कालिप्रसाद बाँस्कोटा निर्णायक रहने सांगीतिक रियालिटी सो ‘सारेगमाप लिटल च्याम्पियन’ पनि प्रसारण हुने भएको छ ।

गोरखा मिडिया नेटवर्कद्वारा संचालन हुने टेलिभिजनमा लामिछाने प्रबन्ध निर्देशकको रुपमा रहनेछन् । उनको टीममा न्यूज२४ छा’डेका पत्रकार प्रमोद न्यौपाने लगायत छन् । टेलिभिजन आगामी बैशाखसम्म लन्च गर्ने तयारी छ ।चर्चित टेलिभिजन कार्यक्रम संचालक विजय कुमारले पनि ‘सम्बन्ध’ नामक कार्यक्रम होस्ट गर्ने भएका छन् । उनले आफूलाई ‘द विजय कुमार’ भन्ने सम्बोधन मन नपर्ने बताउँदै उनले जनताको दुःखलाई समेटेर कार्यक्रम चलाउने बताए ।‘जनतालाई सर्वोच्च अदालतको फैसलाको पनि अर्थ छ र आम जनताको दुःखको पनि अर्थ छ’ विजयकुमारले भने । उनले यसैवर्ष ‘सम्बन्ध’ नामक पुस्तक पनि प्रकाशन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!