५० हजार नेता सहित राजनीतिमा नयाँ बाटोबाट वामदेव गौतमको इन्ट्री ! प्रचण्ड भए गदगद - Like For Nepal    

५० हजार नेता सहित राजनीतिमा नयाँ बाटोबाट वामदेव गौतमको इन्ट्री ! प्रचण्ड भए गदगद

काठमाडौँ ।

तत्कालीन मालेका संस्थापक मध्येका एक नेता वामदेब गौतम पछिल्लो समय गुमनाम छन्। उनी आजभोलि के गर्दै छन् भन्ने चासो विषय बनेको छ।

आजभोलि गौतमको दिनचर्या कसरी बितेको छरु उनी किन राजनीतिबाट ओझेल परेरु राजनीतिमा चासोे राख्नेहरुका लागि जिज्ञासाको विषय बनेको छ।

मुलुकको गृह प्रशासन पटक–पटक सम्हालेका गौतम राजनीतिक क्रियाकलापले बारम्बार विवादमा आइरहने पात्र हुन्।

उनकै अस्थिर र ढुलमुले स्वभावको कारण नेकपा बिभाजन भएको आरोपसमेत कतिपय नेताहरुले लगाउने गर्दछन्।कुनै बेलाका शक्तिशाली यी नेता आजभोलि एक्लिएका छन्।

उनलाई ०५४ सालमा साथ दिएका पुर्नगठित मालेका नेताहरुसमेत उनीसँग छैनन्। राजनीतिमा एक्लो बृहस्पति जस्तै देखिएका वामदेव अरु नेतालाई चुनावको चटारो हुदाँ उनी भने गुमनाम छन्।

केही समय अगाडि उनले पार्टी खोल्न लागेको भन्ने हल्ला समेत चलेको थियो। स्थानीय तहको निर्वाचन नजिकिएसँगै वामदेवसक्रिय हुनुपर्नेमा किन फुर्सदिलो बनेका होलान्रु।

नेकपाकालमा नौ सदस्यीय सचिवालय हुँदा निर्णायक रहेका गौतम नेकपा बिभाजनसँगै स्पष्ट अडान र कित्ताकाट गर्न नसक्दा ओझेलमा परेको उनका निकटस्थहरु बताउँछन्।

गौतमका समकालीन नेताहरु प्रधानमन्त्री भएसँगै उनको एकमात्र ध्येय प्रधानमन्त्री बन्ने रहेको र त्यसको लागि उनले अनेक प्रयत्न समेत गरेको राजनीतिक वृत्तमा चर्चा नभएको होइन।

नेकपा एकता अभियान सुरु गरेका गौतमको अभियानले अपेक्षाकृत गती लिन समेत सकेन। सर्वोच्चको माओवादी र एमाले पुर्ववत अबस्थामा फर्काउने फैसलाले उनको नेकपा एकता अभियानको उपादेयता नै समाप्त भयो।

उनको आफ्नै पार्टी समेत बिभाजित भएसँगै पुनः एमाले एकता अभियान गठन गरी केही समय राजनीतिक गतिबिधि गरेका वामदेव पछिल्लो ।

समय माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटारमा पुगेसँगै सक्रिय राजनीतिक पुनरावगमनको अड्कलबाजी समेत भएको थियो। तर लामो समयसम्म उनको सक्रियता देखिएन।

अवको राजनीतिक पुनरागमन गौतमको लागि त्यति सहज भने देखिँदैन। उनले एमाले अध्यक्ष केपी शर्मा ओली रहोउञ्जेल एमालेमा नआउने सार्वजनिक घोषणा गरिसकेका छन्।

माधव नेपालको पार्टीमा उनको बैचारिक असहमति छ । अन्य पार्टीमा प्रवेश गरेर उनको राजनीति मजबुद हुने अबस्था रहदैन। नयाँ पार्टी खोलेमा जनताले पत्याइहाल्ने अबस्था छैन।

उनको आगामी राजनीति र राजनीतिक सक्रियताको बिषयमा जानकारी लिन उनको सचिवालयका प्रमुख स्वकीय सचिव दिपक टमटालाई सम्पर्क गर्दा उनले राजनैतिक सक्रियताको तयारीमा रहेको जानकारी दिएका छन्।

गौतम आफ्ना निकटस्थहरुसँग केही समसामयिक बिषय र नयाँ राजनीतिक परिदृश्यको बिषयमा जानकारी लिइरहेको उनले बताए। निकट समयमै सकृय राजनीतिमा पर्दापण हुने टमटा ठोकुवा गर्छन्।

उनका अनुसार गौतमले नयाँ पार्टी खोल्नेसम्मको तयारीमा रहेका थिए, तर नजिकिएको स्थानीय तहको निर्वाचनले रोकिएको उनी बताउँछन्।

उनले भने, ‘नयाँ ढंगले जानुपर्छ भन्नेमा उहाँ प्रष्ट हुनुहुन्छ। अध्ययन र तयारीको काम चलिरहेको छ। अहिले नै ठोस परिणाम आइसकेको छैन।

तसर्थ अहिले नै यसै भन्न सकिने अबस्था छैन।’उनका अनुसार अहिले सैद्धान्तिक अध्ययन र पार्टी निर्माणको मोडालिटीको बिषयमा अध्ययन र अनुसन्धानमै गौतम केन्द्रित रहेका छन् ।

आगामी चुनावमा गौतमको भुमिकाको किषयमा प्रश्न गर्दा गौतमकै भनाइ उद्धत गर्दै टमटाले म आफै त पार्टीमा छैन सहि र इमान्दार मानिसलाई भोट दिनु भनी भन्ने गर्दछन् ।

गौतम राजनीतिमा गुमनाम नभएको टमटाको दाबी छ् । ‘राजनीतिमा जिम्मेवारी सहित सक्रिय नभएको मात्रै हो गुमनाम होइन उहाले राष्ट्रिय महत्वको ।

बिषयमा विज्ञप्तिमार्फत आफ्नो धारणा राख्दै आउनु भएको छ जस्तो एमसीसी लगायत अन्य बिषयमा ’,उनले भने । ओलीबाहेक एमालेका सबै नेतासँग मिल्न सकिन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीबाहेक एमालेका अन्य सबै नेता/कार्यकर्तासँग मिल्न सकिने बताएका छन् ।

शनिबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले भने, ‘यो (केपी ओलीको) अहंकार यति धेरै धम्स नहुने हो भने अरु सबै एमालेका नेता/कार्यकर्तासँग मिलेर काम गर्न सक्ने देख्छु ।

तर, केपी ओलीकै व्यवहारका कारण सिंगो एमालेसँग मिलेर काम गर्न सक्ने अवस्था नदेख्दा आफूलाई चिन्ता लागेको प्रचण्डको भनाइ छ ।

प्रचण्ड भन्छन, ‘उहाँ (ओली)ले जस्ता शक्दहरू प्रयोग गर्नुभयो यसले म अझै चिन्तित भएको छु ।’ ०७४ को प्रदेश र संघीय चुनावमा गरेको वाम ।

तालमेल, चुनाव लगत्तै गएको पार्टी एकता, दुई तिहाइ बहुमतको संघीय सरकार, ६ वटा प्रदेश सरकार नेकपाले बनाएको स्मरण ।

गर्दै प्रचण्डले थपे, ‘आज यो परिस्थिति कसले बनायो ? यसको जिम्मेवारी लिन को ?

नेकपामा विवाद भएपछि आधा कार्यकार्यकाल प्रधानमन्त्री चालाउने सहमतिबाट पछाडि हटेर आफूले ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री हुनुस् भनेर छाड्दासमेत नेकपा बच्न नसकेको उनले बताए ।

नेकपाको वैभवमा प्रधानमन्त्री बनेका ओलीले नेकपा एकता भंग भएर नयाँ गठबन्धन बनेपछि, राष्ट्रिय सभाको चुनाव भएपछि, बार एसोशिएसनको ।

चुनाव भएपछि अझ स्थानीय तहको चुनाव भएपछि चेत्लान भन्ने आफूले ठानेको तर, त्यस्तो महसुस विल्कुल नहुने गरी प्रस्तुत भएको प्रचण्डले बताए ।

‘म तीन घण्टा सम्बोधन भए पनि ध्यानपूर्वक सुनिरहेको थिएँ कतै रियलाइजेशस आउँछ कि, कतै वामपन्थहरूको एकताको कुरा आउँछ कि’ प्रचण्डले थपे, ‘तर, आएन् ।

पुर्नसमीक्षा गर्ने कुरामा जानुहन्छ कि भनेको त उहाँ त सुरुदेखि अन्त्यसम्म खाली गाली र बदनामी गर्नेमा मात्रै केन्द्रित हुनुभयो । मेरो दृष्टिमा उहाँ आफनो अहंकार र दम्भबाट पछाडि हट्नुभएको छैन् ।

ओलीलाई मिनेन्द्र रिजालको सुझाव : हार स्वीकार्नुस् र अर्को चुनावको तयारी गर्नुुस्

नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनावमा प्राप्त परिणाम अनुसार हार स्वीकार गरेर अर्को चुनावको तयारी गर्न सुझाव दिएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने, ‘सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्त दुई घण्टा ।

लाग्यो, त्यसमाथिको टिप्पणी गर्न प्रमुख प्रतिपक्षी दलको नेताले तीन घण्टा लगाउनुभयो ।’ तीन घण्टा लगाएर प्रमुख विपक्षी दलको नेताओलीले दिएका अभिव्यक्तिहरुमाथि नेता रिजालले पनि टिप्पणी गरे ।

‘सिट संख्यामा हारे पनि लोकप्रिय मत बढी छ भन्नुभयो । चुनावका बेला कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न नसक्ने भएर अरुसँग लाग्यो भन्नुभयो’ ओलीलाई ।

रिजालले जवाफ दिए, ‘अघिल्लो चुनावमा हामीले त्यसै भनिदिएको भए हुन्थ्यो सय सिटमा पनि लड्न नसक्ने एमाले भनेर ।

माओवादीको बुई चढेर चुनाव लड्न आएको छ भनिदिएको भए हुन्थ्यो भनेनौं हामीले ।

गत प्रतिनिधिसभाको चुनावमा कांग्रेसले ३५.७ प्रतिशत र एमालेले ३०.७ प्रतिशत मात्रै मत पाएको भएपनि आफूहरुले कांग्रेसले लोकप्रिय मत पाएको भन्दै नहिँडेको रिजालले बताए ।

त्यसबेला कहाँ गयो एमाले ? कता खोज्ने एमाले भनिदिएको भए हुन्थ्यो भनेनौं । हामीले भन्यौं, हामीले त्यति मत ल्याएको भए पनि २३ सिट मात्रै जित्यौं ।

एमालेले ८० सिट जित्यो । बाम गठबन्धनले ११६ सिट जित्यो । सरकार बन्यो टिकाउन सक्नुभएन हामीले गरेर हो त ?’ रिजालले प्रश्न गरे ।

उनले थपे, ‘जसको बुई चढेर चुनावमा सफलता प्राप्त गर्नुभयो उनलाई सम्मान गर्न नसकेपछि के को सरकार टिक्थ्यो ? आफ्नै पार्टी टिकाउन सक्नुभएन ।

अनि हामीलाई भन्नुहुन्छ ? त्यो हामीलाई भनिराख्नु परेन ।’रिजालले एमालेलाई कुण्ठा नपोख्न पनि आग्रह गरे । भन्छन्, ‘कमसकेम आफ्नो अनुहार, आफ्नो रुप हेरे हुन्छ ।

किन कुण्ठा हामीसँग पोख्ने ? हाम्रा कारणले केही पनि भएको होइन । कुण्ठा नपोख्नुस् ।’ अब हार स्वीकारेर अर्को चुनावको तयारी गर्न ओलीलाई रिजालको सुझाव छ ।

यसपालिको हारलाई स्वीकार गर्नुस् अनि आउने चुनावको तयारी सजिलो हुन्छ । यति भन्नैपर्छ’ उनले भने ।

एमालेले लोकप्रिय मत ल्याएको तर्फ संकेत गर्दै ओलीले भने, ‘उहाँले जे भने पनि कांग्रेसले ३२८ पालिकाको नेतृत्व गर्छ अझै केहीको परिणाम आउन बाँकी छ ।

कांग्रेसले दुई हजार ६५८ वडाको नेतृत्व गर्छ । त्यसबाट तपाईंलाई अलिकति दुख भएकै होला ।’ मतकै हिसाब गरे पनि एमालेले भन्दा कांग्रेसले बढी मत पाएको रिजालले बताए।

वडा अध्यक्षले पाएको मतलाई केलाउँदा कांग्रेसले ३४.३ प्रतिशत मत पाएको र एमालेले ३३ प्रतिशत मत पाएको उल्लेख गर्दै उनले थपे, ‘हारे पनि खुट्टो माथि नै छ भन्न खोजेको हो भने केही छैन ।

अध्यक्ष ओलीले एमालेले लोकप्रिय मतको लामो कथा सुनाएको भन्दै उनले २०१५ सालयताका चुनावमा कसले कति मत ल्याए भनेर तथ्याङ्क नै प्रस्तुत गरे ।

२०१६ सालमा काग्रेसको ३७.२ र कम्युनिस्टको ७.२, ०४८ सालका कांग्रेसको ३९.५ थियो एमालेको २९.३, ०५१ मा कांग्रेस ठूलो पार्टी थिएन तर, कांग्रेसको ।

मत ३४.५ थियो, एमालेको मत ३१.९ थियो’ नेता रिजालले भने । २०५६ को चुनावमा कांग्रेसले ३७.२, एमालेले ३१.६, ०६४ को चुनावमा कांग्रेसले २२.७ थियो, एमालले ।

२१.४ मत ल्याएको भन्दै उनले भने, ‘०६४ को चुनावमा माओवादीको हाम्रो भन्दा बढी थियो ।’ २०७० को चुनावमा कांग्रेसले २९.८ र एमालेले ।

२७.६ मत पाएको उल्लेख गर्दै रिजालले भने, ‘इतिहासको कुन कालखण्डमा लोकप्रिय मत प्राप्त गरेको भनेको हो ?’ नेपालको कुनै पनि निर्वाचनमा एमालेले ।

लोकप्रिय मत नपाएको रिजालले दावी गरे । उनले ओलीलाई सुझाव दिए, ‘टर्च बालेर पनि देखिन्न । बरु प्रयत्न गर्नुस् आउने चुनावका लागि ।’ एमाले अध्यक्ष ।

ओलीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने नेताहरुलाई अपमान गरेको भन्दै रिजालले रोष प्रकट गरे । ‘आत्मअभिमानको बाटोबाट लोकतन्त्र ।

बलियो हुँदैन, कमजोर हुन्छ’ रिजालले भने, ‘लामो इतिहास हेर्नुपर्दैन गएको चार बर्ष नेपालले जे बोहोर्‍यो त्यसबाट राम्रोसँग बुझ्न सकिन्छ ।’ बिपी कोइरालालाई ।

नेपाल ताराको तक्मा कुन सरकारले सिफारिस गरेको थियो ? सम्झन ओलीलाई आग्रह गर्दै रिजालले भने, ‘हिजो नेपाल ताराको तक्मा सिफारिस गर्नुभयो ।

आज विपीका बारेमा यो लवज बोल्दाखेरि मनमा अलिकति पनि ग्लानी महसुस हुँदैन ?

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!