अन्ततः नैतिकताको आधारमा नेकपा एमालेका अध्यक्षले दिए राजिनामा ! - Like For Nepal    

अन्ततः नैतिकताको आधारमा नेकपा एमालेका अध्यक्षले दिए राजिनामा !

हेटौंडा।

नेकपा एमाले मकवानपुरका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्सालले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्।

सामजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लम्सालले आफ्नो गाउँपालिकामा समेत पार्टीको तर्फबाट अध्यक्ष तथा उपाध्यक्षमा विजयी गराउन ।

नसकेको भन्दै नैतिकरुपमा पार्टीको कुनै पनि जिम्मेवारीमा बस्नु उपयुक्त नभएको भन्दै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्।

लम्सालले सामजिक सञ्जालमा पाँच बुँदे कारण उल्लेख गरेर नैतिकताको आधारमा पार्टीको कुनैपनि जिम्मेवारीमा नरहने उल्लेख गरेका छन्।

लम्सालको पाँच बुँदे धारणा:१. विगत २०४८ सालदेखि अहिलेसम्म पनि पार्टी नेतृत्व संसदीय क्षेत्र र राजकीय क्षेत्रमा निश्चित व्यक्तिहरूको मात्र नेतृत्व रहनु स्वायत्त र मौलिक ढंगले काम गर्नसक्ने ।

नयाँलाई आउनै नदिने, अवसरहरू हस्तान्तरण गर्नैपरे आफ्नो नियन्त्रणमा चल्नेलाई मात्र ल्याउने, त्यसैले यसको पहिलो जिम्मेवारी लिनु पर्दछ।

२. हुर्मत लिएका सिपाहीले युद्ध जित्दैन भनेझैं पार्टीको दशौ जिल्ला अधिवेशनमा पार्टी विधान पद्दतिविपरीत प्रतिनिधिहरुको ।

अधिकारलाई पूर्णरूपमा कुण्ठित गर्दै नेताको खल्तीबाट नेतृत्व घोषणा गर्ने र जब्बरजस्ती घोषणा गर्न दबाब दिने काम भयो ।

जुन कुराले धेरै कार्यकर्ताको मन र चित्त धेरै दुखेको छ, मनोबल गिराइयो, कार्यकर्ताको हुर्मत लिने काम गरियो। यसरी हुर्मत लिएका, मनोबल ।

गिराइएको र गुटबन्दीमा विभाजित गराइएको कार्यकर्ताले निर्वाचनको युद्ध कसरी लड्न सक्छ ? यसको जिम्मेवारी नेतृत्वले लिनुपर्दछ।

३. पार्टीको तर्फबाट उम्मेदवारी तय गर्न बनाइएको मापदण्ड र कार्यविधिभन्दा केही निश्चित नेताले गुटको आधारमा र अधिवेशनमा प्रभाव पार्न अग्रिम ।

आश्वासन दिएकालाई प्राथमिकता दिइ टिकट वितरण गरेको कारण कार्यकर्ताले उम्मेदवारीको अपनत्व गर्ने अवस्था नभएको देखियो ।

४. प्रदेश सरकारको मुख्यमन्त्री, मन्त्री र जिल्ला प्रमुखहरुले मकवानपुर जिल्लामा धेरै बजेट वितरण गरेको भनिएको हुँदा वितरण गरेको बजेट पार्टीको ।

समन्वयनमा भन्दा व्यक्तिगत आधारमा भएकोले समुदायले महसुस नगरेकोले अपनत्व गरेन।

त्यसै गरी पार्टीको जानकारीमा नभइ व्यक्तिगत आधारमा विवादास्पद कमजोर कार्य क्षमता भएकालाई राजनैतिक नियुक्ति र राजकीय सेवामा ।

राखेकोले कार्य सम्पादन कमी हुनुका साथै विवादित भएको हुँदा कार्यकर्ता र जनतामा नकारात्मक असर पर्न गयो ।

५. तलका कमिटीगत सुझावलाई मनन् गरी कार्य गर्नुभन्दा पर्यटक नेताले सेल्फी फोटो खिचेर फेसबुकमा हालेको रिपोर्टलाई आधार मान्दै ।

माथिबाट निर्देशन मात्र जारी गर्ने, असन्तुष्ट कार्यकर्तालाई चित्त बुझाएर परिचालन नगरी बेवास्ता गरी खल्तीको गुमाउँदै भुइँको टिप्ने कार्यशैली अपनाइयो।

माथिका यी घटनाहरू लाई आधार मानेर त्यससँग जोडिएका वर्तमान जिल्ला नेतृत्व र माथिल्लो नेतृत्वले जिम्मेवारी लिइ पार्टीको नेतृत्व हस्तान्तरण गर्नु पर्दछ ।

साथै पूर्व जिल्ला नेतृत्व र पूर्व केन्द्रीय सदस्यले पनि जिम्मेवारी लिनुपर्छ । हिजो गरेको कमीकमजोरी, गुटबन्दी स्वीकार गर्दै अब जिल्लाको पार्टी काममा अनावश्यक गुटगत हस्तक्षेप बन्द गर्नुपर्दछ।

पार्टीलाई पुनःव्यवस्थित गर्नका लागि मेरो सुझावसम्म हो, स्वीकार गर्ने–नगर्ने नैतिक जिम्मेवारी लिने नलिने नेतृत्वको जिम्मा लगाउँदै म पनि जिल्ला ।

नेतृत्वमा लामो समयदेखि रहेको र निवर्तमान अध्यक्ष भएको साथै मेरो आफ्नो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पनि विजय गराउनु नसकेकोले ।

मैले यसको नैतिक जिम्मेवारी लिँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने जानकारी गराउँदछु ।

प्रमुख पदमा कुन दल कहाँ निल ?

स्थानीय तहको निर्वाचनमा सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले दुई जिल्लामा मात्रै पालिकाको मूल नेतृत्वमा जित निकाल्न सकेको छैन ।

कांग्रेसले पूर्वी रुकुम र दार्चुलामा प्रमुख र अध्यक्षमा उम्मेदवार बनाएका कुनै पनि उम्मेदवारले जित हासिल गर्न सकेनन् ।

प्रमुख प्रतिपक्ष दल एमालेले गोरखा, पूर्वी रुकुम, बाँके, पश्चिम रुकुम, हुम्ला, कालिकोट, मुगु, जुम्ला र डडेलधुरामा गरी नौ जिल्लामा जित निकाल्न सकेन ।

२५ जिल्लाका स्थानीय तहमा माओवादी केन्द्रका प्रमुख तथा अध्यक्षका उम्मेदवारले हार व्यहोरे ।

प्रमुख दलहरु मध्ये एकीकृत समाजवादीले सर्वाधिक जिल्लामा पराजय भोगेको छ ।

एकीकृत समाजवादीले ५५ जिल्लाका पालिकाको प्रमुख वा अध्यक्षमा जित हासिल गर्न सकेन ।

प्रदेश १ : दुई जिल्लामा मात्रै एकीकृत समाजवादी

प्रदेश १ का १४ जिल्लामा एकीकृत समाजवादीले २ जिल्लाका पालिका मात्रै जित निकालेको छ ।

ताप्लेजुङ, पाँचथर, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, भोजपुर, तेह्रथुम, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका कुनै पनि पालिकामा प्रमुख वा अध्यक्षमा जित निकाल्न सकेन ।

प्रदेश १ मा सत्ता घटकको दोस्रो दल माओवादी केन्द्रका उम्मेदवारले इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा र तेह्रथुममा पालिका प्रमुख वा अध्यक्षमा निर्वाचित हुन सकेनन् ।

मधेस प्रदेश : लोसपा आधार क्षेत्रमा पराजित

मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आफ्नै आधार क्षेत्रका दुई जिल्लामा जित निकाल्न सकेन । लोसपाले धनुषा र सिरहाका कुनै पनि पालिकाको प्रमुख तथा अध्यक्षमा विजयी हुन सकेन ।

सत्ताघटकको एकीकृत समाजवादी प्रदेश २ मा पनि कमजोर रह्यो । मधेश प्रदेशका आठ जिल्ला मध्ये एकीकृत समाजवादीले ।

महोत्तरी, सर्लाही, बारा, पर्सा र धनुषाका पालिकामा प्रमुख र अध्यक्षमा हार व्यहोर्यो । माओवादी केन्द्रका प्रमुख र अध्यक्षका उम्मेदवार महोत्तरी र पर्सामा विजयी हुन सकेनन् ।

बागमती प्रदेश : माओवादी र एकीकृत समाजवादी कमजोर

बागमतीमा पनि एकीकृत समाजवादी कमजोर रह्यो । १३ मध्ये ७ जिल्लामा एकीकृत समाजवादीबाट प्रमुख र अध्यक्ष भएर उम्मेवार बनेकाले जित हासिल गर्न सकेनन् ।

काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक र नुवाकोटमा एकीकृत समाजवादीले प्रमुख र अध्यक्षमा जित निकाल्न सकेन ।

सत्तारुढ दलको अर्को सारथि माओवादी केन्द्रले रसुवा, काठमाडौं, ललितपुर र भक्तपुरका कुनै पनि पालिकामा मूल नेतृत्वमा जित निकाल्न सकेन ।

गण्डकी प्रदेश : गोरखामा एमालेले खाता खोल्न सकेन

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गोरखाका कुनै पालिकामा पनि जित निकाल्न सकेन ।

गण्डकीका अन्य जिल्लामा जित निकालेको एमाले गोरखामा मात्रै कुनै पनि पालिकाको नेतृत्वमा पुग्न सकेन ।

 

गोरखामा संगठन भएको जसपाले पनि प्रमुख वा अध्यक्षमा माओवादी केन्द्र र कांग्रेसलाई हराउन सकेन ।

गण्डकीका जिल्लामध्ये कास्की, नवलपुर, म्याग्दी, पर्वत, मुस्ताङ, मनाङ, स्याङ्जा, लमजुङमा माओवादीबाट अध्यक्ष र प्रमुखका उम्मेदवार बनेकाले पराजय भोगे ।

नवलपुर, म्याग्दी, पर्वत, मुस्ताङ, मनाङ, स्याङ्जा, लमजुङ र बागलुङमा एकीकृृत समाजवादीका उम्मेदवारले पनि प्रमुख पदमा सिट बढाउन सकेनन् ।

लुम्बिनी प्रदेश : पूर्वी रुकुममा एमाले र कांग्रेस नै पराजित

कांग्रेस र एमाले दुबै दल विजयी हुन नसकेको एउटा मात्रै जिल्ला बन्यो पूर्वी रुकुम । तिनै तह माओवादी केन्द्र विजयी भएर कांग्रेस र एमालेलाई पछि पार्‍यो ।

यस प्रदेशका १२ जिल्लामध्ये सबै जिल्लामा एकीकृत समाजवादीले पराजय भोग्यो ।

गुल्मी, पाल्पा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु, प्युठान, रोल्पा, दाङ, बर्दिया, बाँके, नवलपरासी, पूर्वी रुकुममा एकीकृत समाजवादीका प्रमुख र अध्यक्षका उम्मेदवार विजयी हुन सकेनन् ।

माओवादी केन्द्रले रुपन्देही, अर्घाखाँची र कपिलवस्तुबाट विजयी भएर सिट बढाउन सकेन ।

पूर्वी रुकुमबाट सिट बढाउन नसकेको एमालेले बाँकेमा पनि पराजय भोग्यो ।

कर्णाली प्रदेश : माओवादीको सिट बढ्यो

कर्णालीका १० जिल्लामा माओवादी केन्द्र खालि हात हुनु परेन । यस प्रदेशमा एमालेलाई अन्यत्र भन्दा बढी झट्का लाग्यो ।

पश्चिम रुकुम, हुम्ला, कालिकोट, मुगु, जुम्लाबाट एमालेका लागि सिट बढेन । यी पाँच जिल्लाका पालिकाका प्रमुख तथा अध्यक्षमा उठेका एमालेका उम्मेदवारहरु पराजित भए ।

एकीकृत समाजवादीले पश्चिम रुकुम, सुर्खेत, दैलेख, जाजरकोट, हुम्ला, कालिकोट र जुम्लाबाट विजयी संख्या थप्न सकेन ।

सुदूरपश्चिम प्रदेश : ३ दल, तीन जिल्लामा प्रमुख पदमा निल

कांग्रेसले दार्चुलामा अघिल्लोपटक जितेका स्थान बचाउन सकेन । एमालेले डडेलधुरामा पराजय भोग्यो । माओवादीले बाजुराबाट सिट थप्न सकेन ।

९ जिल्ला रहेको सुदूरपश्चिममा एकीकृत समाजवादीका प्रमुख र तथा अध्यक्षका उम्मेदवारले बाजुरा, अछाम, डोटी र कञ्चनपुर पराजय भोगे ।

हालसम्म विजयी अवस्था

हालसम्म सकिएको मतगणना अनुसार नेपाली कांग्रेस ३२२ पालिकामा निर्वाचित भएको छ । मतगणना भइरहेका चार स्थानमा कांग्रेसको अग्रता छ ।

स्थानीय तहको निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले २०२ पालिकामा जित निकाल्दै ३ स्थानमा अग्रता कायम राखेको छ ।

नेकपा माओवादी केन्द्रका १२१ पालिकाका उम्मेदवारले प्रमुख पदमा जित निकालेका छन् । माओवादी केन्द्रले १ स्थानमा अग्रता कायम राखेको छ ।

प्रमुख र अध्यक्षमा गरी जनता समाजवादीले ३० पालिकामा जित निकाल्दै गर्दा १ स्थानमा अग्रता कायम राखेका छन् ।

नेकपा एकीकृत समाजवादी प्रमुख र अध्यक्ष गरी १८ स्थानमा विजयी भई एक पालिकामा अग्रता लिइरहेको छ ।

 

लोकतान्त्रिक समाजवादीले प्रमुख र अध्यक्ष गरी १६ स्थानमा जित निकालेको छ ।

अध्यक्ष ओलीको एकल प्रस्तुती भयो, पार्टी परिचालन नहुँदा चुनावमा हार्‍यौं : घनश्याम भुसाल

नेकपा एमालेका नेता घनश्याम भुसालले लुम्बिनी प्रदेशसहित देशभर एमालेको मत कम आउनुमा पार्टी नै कारण भएको बताएका छन् ।

पार्टी देशभर हार्नुमा गठबन्धन एउटा कारण भए पनि मुल कारण पार्टीको फोर्स परिचालन हुन नसक्नु नै भएको उनको बुझाई छ ।

हामी मैदानमा एक्लै भयौँ, संसदीय बहुदलीय व्यवस्थामा चुनावमा यस्तो एलायन्स वा विरोधीहरु मिल्छन् कि मिल्दैनन् भन्ने कुराले अर्थ राख्छ नि त ।

विपक्षमा सबै एकातिर भइदिए, हामी मैदानमा एक्लै भयौँ,” भुसालले बाह्रखरीसँग भने, “हाम्रो पनि एलायन्स त थियो तर गठबन्धन नै थिएन ।

कमल थापा, परिवार दलका एकनाथ ढकालहरुबाट त्यस्तो अपेक्षा गर्नु हुँदैनथ्यो । फिल्डमा त्यस्तो भयो ।” उनले त्यो एउटा कारण भएपनि मुल कारण पार्टीको फोर्स परिचालन नै नहुँदा क्षति भएको बताए ।

हाम्रो मुद्दाका बारेमा बोल्ने मान्छे एकजना अध्यक्ष मात्रै हुनुहुन्थ्यो । नेकपा एमालेको बारेमा एडभोकेसी गर्ने क्याम्पेनर भनेको एकजना अध्यक्ष मात्रै हु्नुभयो ।

त्यो सोलो प्रेजेन्टेशन जस्तो भयो,” भुसालले भने, “माथिका पदाधिकारी वा स्थायी कमिटीकाहरुको या त कसैलाई जिम्मेवारी नै ।

थिएन या त जिम्मेवारी लिएकाहरुले त्यो काम गर्न सकेनन् । आजको चुनावी मुद्दा के हो भनेर जनतालाई बुझाउन समस्या रह्यो ।

उनले तल रहेका संयन्त्रमा पनि केन्द्रको नेतृत्वका आड भरोसा हुन नसकेको बताए ।

माथि लिडरशिपको आड भरोसा हुन सकेन । आ–आफ्ना जिल्लामा जाने कुरा म गएँ, अर्को गयो, सबै आ–आफ्ना ठाउँमा गए त्यो अर्को कुरा ।

भयो,” भुसालले भने, “तर, जिम्मेवारीका हिसाबले कमिटी संगठनले जुन हिसावले काम गर्नुपर्थ्यो त्यस हिसाबले गरेनन् ।”उनले केन्द्रीय ।

नेतृत्वमा सामूहिक भावना र परिचालनको योजना नहृुँदा पार्टीका कार्यकर्ता एक्लै काम गर्न बाध्य भएको बताए ।“सेन्ट्रल लिडरशिप कलेक्टिभली चल्नै सकेन ।

सबै काम ओलीजीले गर्नुभएको थियो । सचिवालय थियो होला, त्यसले सचिवालयकै काम गर्ने भयो ।

ओलीजी राजनीतिक रुपमा चल्नुभयो, सचिवालयले लजिष्टक सपोर्ट गर्‍यो होला, आमसभामा समन्वय गर्‍यो होला,” उनले भने, “समग्रमा पार्टीको फोर्स नै परिचालन हुन सकेन ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!