माधव नेपालले देखाइदिए चमत्कार, एमालेमा देशैभर रुवाबासी, बालकोटमै थन्किए ओली - Like For Nepal    

माधव नेपालले देखाइदिए चमत्कार, एमालेमा देशैभर रुवाबासी, बालकोटमै थन्किए ओली

काठमाडौं ।

नेकपा एमालेले स्थानी तहको निर्वाचनमा ठूलो झट्का व्यहोरेको छ। त्यो झट्का पार्टी विभाजनका कारणले पनि लागेको हो। एमाले विभाजनपछि ३० वर्षदेखिका किल्लाहरु भत्किएका छन् ।

खासगरी बुटवल, धरान, इटहरी, हेटौडा, विदुर दमक लगायतका शहरी इलाकाहरु एमालेले गुमाएको छ ।

केही उपनगरपालिका र नगरपालिकाबाहेक एमालेलाई घाटा लागेको छ ।

मतान्तरण अवस्था फराकिलो नभएको र एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादीसँगको गठबन्धनले सत्ता साझेदार दललाई फाइदा भएको देखिन्छ भने एमालेलाई घाटा भएको छ ।

६ वटामध्ये कुनै पनि महानगरपालिकामा एमालेले जित निकाल्न सकेन ।

कम्तीमा दुई वटा महानगर जित्ने अपेक्षा राखेको एमालेलाई यसपल्ट पार्टी विभाजनले ठूलै घाटा भएको छ ।

एमालेबाट विभाजित भएको माधव नेपाल नेतृत्वको नेकपा एसले एमालेकै उम्मेदवारलाई पराजित गरेका पनि छन् ।

रौतहटको गौरमा एकीकृत समाजवादीका उम्मेदवारले कांग्रेस, एमाले तथा माओवादी केन्द्र जस्ता दलका उम्मेदवारलाई नै पराजित गरेका थिए ।

सल्यानको कपुरकोट गाउँपालिका, मुगुको सोरु, उदयपुरको उदयपुरगढी गाउँपालिका लगायतका अन्य पालिकामा एमालेकै उम्मेदवारलाई पराजित गरेका छन् ।

कांग्रेसले एमालेका गढ भत्काएर जित हात पारेको छ । बुटवलमा हारेपछि एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई संसदीय निर्वाचनमासमेत अप्ठेरो पर्ने अवस्था छ ।

हेटौंडा २०४९ सालपछि पहिलो पटक एमालेको कब्जाबाट बाहिर आएको छ । त्यहाँ एमाले इतरको गठबन्धन रहेको थियो ।

एमालेको गढको रुपमा रहेको पोखरा पनि पहिलो पटक एमालेबाट फुत्किएको छ । यसरी हेर्दा अघिल्लो निर्वाचनमा उसले २९४ पालिकाको नेतृत्व जितेको थियो ।

समग्रमा उसलाई करिब ९० पालिकाको नेतृत्व घाटा लागेको देखिन्छ । इलाममा नेकपा एसका सम्मानित नेता झलनाथ खनालको निर्वाचन ।

क्षेत्र गोदकमा बहुदलपछि पहिलो पटक नेपाली कांग्रेसले जितेको छ । नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका दिलीप प्रधान ‘ओमनाथ’ ले सो क्षेत्रमा जितेका हुन् ।

३१ वर्षदेखि त्यस स्थानमा एमालेले जित्दै आएको थियो । इलामकै सन्दकपुर गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष नेकपा एसले लिएर चुनावी गठबन्धन गरेका थिए ।

गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भए । त्यहाँ पनि एमाले विभाजनको असर स्पष्ट देखिएको छ । कास्कीको माछापुछ्रे गाउँपालिकामा पनि कांग्रेसले बाजी मारेको छ ।

अन्तिम मत परिणामअनुसार गाउँपालिका प्रमुखमा एमालेका विक्रम गुरुङलाई ४ सय ८२ मतान्तरले पछि पार्दै कांग्रेसका मिनबहादुर गुरुङले जितेका हुन् ।

२०५४ देखि निर्वाचनमा जित्दै आएको वडामा २६ वर्षपछि एमालेले हार भोगेको छ ।

त्यस्तै अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले ‘क्लिन स्विप’ गरेको धनकुटाका दुई पालिकामा अहिले कांग्रेसले जितेको छ ।

धनकुटाको छथर जोरपाटी गाउँपालिका र साँगुरीगढी गाउँपालिकामा कांग्रेसले जित हात पारेको हो ।

छथर जोरपाटी गाउँपालिकामा कांग्रेसका छत्रबहादुर सुब्बा ४ हजार ३ सय ५९ मतसहित विजयी भए ।

उनका प्रतिस्पर्धी एमालेका शेरबहादुर लिम्बूले ४ हजार १ सय ६४ मत प्राप्त गरे।

त्यस्तै साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका जितेन्द्र राई ५ हजार ३ सय ९९ मतका साथ विजयी भए ।

उनका प्रतिस्पर्धी एमालेका कुमारजंग याख्खाले ४ हजार ८ सय २८ मत पाए ।

त्यसैगरी सोलुखुम्बुको सोताङ गाउँपालिकामा पनि एमालेको गढ भत्किएको छ । त्यहाँ २६ वर्षपछि कांग्रेसले चुनाव जित्ने अवसर पाएको छ ।

सोताङमा कांग्रेसका खिलराज बस्नेतले एमालेका प्रकाश कार्कीलाई पराजित गरेका हुन् ।

एमालेकै किल्ला मानिएको रामेछापको गोकुलगंगा गाउँपालिकामा पनि कांग्रेसले ३० वर्षपछि जित निकालेको छ ।

वर्षौंदेखिको वामपन्थी गढ मानिएको काठमाडौंको कीर्तिपुरमा पनि यसपटक कांग्रेसले जित निकालेको छ । कीर्तिपुर नगरपालिकामा कांग्रेसले मेयरसहित बहुमत वडामा जित हासिल गरेको छ ।

मेयरमा कांग्रेसका राजकुमार नकर्मी एमालेका रत्नकेशर बज्राचार्यलाई पछि पार्दै विजयी भएका हुन्।

नकर्मी ९ हजार ४३ मत ल्याएर मेयरमा निर्वाचित हुँदा एमालेका बज्राचार्यले ५ हजार ५ सय ७ मत ल्याए ।

कीर्तिपुरका अघिल्ला दुई स्थानीय निर्वाचनमा एमालेले विजय हासिल गरेको थियो । गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा कांग्रेसका खिलध्वज पन्थी पनि थोरै मतले विजयी भएका छन् ।

उनले एक हजारभन्दा कम मतले प्रतिस्पर्धी एमालेका राजेन्द्रप्रसाद पाण्डेलाई हराएका हुन् ।

स्थानीय निर्वाचनमा ‘धोका’ पाएको जसपालाई फकाउँदै ओली – यादव र ओलीबीच भेट

जनता समाजवादी पार्टी नेपालका नेताहरूले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीलाई सत्तारुढ गठबन्धनले धोका दिएको निष्कर्ष निकालेका छन् ।

जसपा नेपालका नेताहरूका अनुसार गठबन्धनका प्रमुख घटक नेपाली काँग्रेसबाट जसपा नेपालले बढी धोका पाएको छ ।

विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार नागेश कोइराला विजय हुनु र जसपाका उपप्रमुखका उम्मेदवार ।

अमरेन्द्र यादव पराजित हुनुलाई जसपाका नेताहरूले गठबन्धनबाट भएको ‘धोका’को रूपमा लिएका छन् ।

त्यस्तै गठबन्धनबाट जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार लालकिशोर साह पनि पराजित भएका छन् ।

त्यहाँ पनि गठबन्धनले धोका दिएको जसपा नेपालका नेताहरूको बुझाइ छ ।

यसरी मुख्य दुई ठाउँमै जसपाले धोका पाएपछि गठबन्धनमा रहने कि नरहने भन्ने सवाल आफ्नो सामु उपस्थित भएको सो पार्टीका नेताहरू बताउँछन् ।

सो पार्टीका एक नेताले अब गठबन्धनमा बस्ने कि नबस्ने भन्नेबारे जसपाले आन्तरिक छलफल सुरु गरेको जानकारी दिए ।

गठबन्धनको क्रियाकलापबाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि रुष्ट छन् । गठबन्धनप्रति रुष्ट रहेको थाहा पाएरै नेकपा एमालेका अध्यक्ष ।

केपी शर्मा ओलीले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई भेट गरेका छन् । ओलीले गठबन्धनको विकल्प खोज्न अध्यक्ष यादवलाई आग्रह गरेको स्रोत बताउँछ ।

यद्यपि, अध्यक्ष यादवले एमाले अध्यक्ष ओलीलाई कुनै ठोस जवाफ नदिएको यादव निकट एक नेताले रातोपाटीलाई बताए ।

उनका अनुसार अनौपचारिक रूपमा अध्यक्ष यादवले गठबन्धनका नेताहरूसँग स्थानीय तह निर्वाचनमा पाएको ‘धोका’बारे गुनासो गरिसकेका छन् ।

चुनावी समीक्षाका लागि बस्ने गठबन्धनको बैठकमा जसपाले ठोस रूपमा आफ्नो कुरा राख्ने सोच बनाएको उनको भनाइ छ ।

विराटनगर महानगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाको मत परिणामको समीक्षा गर्दा गठबन्धनको मुख्य घटक काँग्रेसबाट ।

धोका भएको पुष्टि हुन्छ,’ जसपा नेपालका केन्द्रीय सदस्य एवं प्रदेश १ सरकारका स्वास्थ्य मन्त्री जयराम यादवले भने, ‘विराटनगर महानगरपालिकामा ।

गठबन्धनका मुख्य घटक काँग्रेसले इमानदारिता देखाएन, यो कुरा मतपरिणामले नै पुष्टि हुन्छ ।

विराटनगर महानगरपालिकाको माथिल्लो भेग अर्थात् वडा नम्बर १, २, ३, ५, ६, ७, ८, १९ को मत परिणाम हेर्दा काँग्रेसका कार्यकर्तामध्ये अधिकांशले ।

महानगर प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवारलाई मत दिएका छन् जबकि गठबन्धनबाट उपप्रमुखमा अमरेन्द्र यादव उम्मेदवार थिए ।

उनलाई महानगरको माथिल्लो भेगबाट खासै मत परेको छैन ।काँग्रेसबाट प्रमुखका उम्मेदवार नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गर्दा सोही ।

गठबन्धनबाट उपप्रमुखमा उम्मेदवार बनेका जसपा नेपालका अमरेन्द्र यादवले १४ हजार २१९ मतमात्र प्राप्त गरेका छन् ।

गठबन्धनबाट उपप्रमुखले पाएको भन्दा दोब्बरभन्दा बढी मत प्रमुख पदका उम्मेदवारले पाएका छन् ।

एमालेबाट प्रमुख पदमा उम्मेदवार बनेका सागरकुमार थापाले २१ हजार ४५५ मत ल्याउँदा उपप्रमुखका एमाले उम्मेदवार शिल्पा कार्कीले २५ हजार ६८० मत ल्याएकी छन् ।

मन्त्री यादव भन्छन्, ‘हामी (जसपा) ले इमानदारीपूर्वक गठबन्धनलाई मतदान ग¥यौं तर गठबन्धनबाट काँग्रेसले आफ्नो इमानदारिता देखाएन ।

बदर मत पनि बढी

विराटनगर महानगर प्रमुखमा नागेश कोइरालाको तुलनामा उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादवको मत बढी बदर भएको छ ।

नागेश कोइरालाको २१ हजार ३५८ मत बदर भएको छ भने अमरेन्द्र यादवको ३४ हजार १६७ मत बदर भएको छ । जसपाले यो बदर मतको बारेमा पनि कुरा उठाएको छ ।

​पहाडी–मधेसीको फिलिङका कारण पनि अमरेन्द्र यादवको कम मत पाएको जसपाका नेताहरू बताउँछन् ।

जसपाका एक नेताका अनुसार पहाडी–मधेसीबीच रहेको दुरी घटाउन यसरी मिलाएर उम्मेदवारी दिन लगाइए पनि त्यो फलदायी हुन नसकेको निर्वाचन परिणामले देखाएको छ ।

जसपा मधेस प्रदेश समितिका सदस्य एवं मधेस प्रदेशका प्रदेशसभा सदस्य रामअषिश यादवले पनि गठबन्धनमा काँग्रेसले धोका दिएको बताए ।

गठबन्धनबाट जनकपुरधाम उपमहानगरपालिका प्रमुखमा जसपाका लालकिशोर साह उम्मेदवार थिए । तर काँग्रेसले त्यहाँ बागी उम्मेदवार दिन लगाएर गठबन्धनका उम्मेदवारलाई हराएको प्रदेश सांसद रामअषिश यादवको आरोप छ ।

उनी भन्छन्, ‘गठबन्धनको सहयोगमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो तर गठबन्धनको प्रमुख घटक काँग्रेसको असहयोगका कारण जसपाका उम्मेदवार पराजित भएका छन् ।

गठबन्धनबाटै जनकपुरका प्रमुख पदका उम्मेदवार लालकिशोर साहलाई मत नआएको उनको भनाइ छ । प्रदेश सांसद यादवका अनुसार जनकपुरमा गठबन्धनको मत प्रमुख पदमा काँग्रेसका ।

बागी उम्मेदवार मनोज साह र एमालेका मेयर उम्मेदवार शिवशंकर हिरालाई गएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका लागि गठबन्धन निर्माण हुँदा काँग्रेसका नेता विमलेन्द्र निधिले जानीजानी गठबन्धन फुटाउन लगाएको जसपाको आरोप छ ।

निधिकै इशारामा काँग्रेसका नेता मनोज साहले पार्टी छाडेर गठबन्धनको विरुद्धमा स्वतन्त्र उम्मेदवारी दिएको सांसद यादव बताउँछन् । मनोज साह विमलेन्द्र निधि पक्षका हुन् ।

सांसद साह भन्छन्, ‘विमलेन्द्र निधिले गठबन्धन तोडेर गलत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!