रुपन्देहीको ओमसतिया १ मा राप्रपाको प्यानलै बिजयी, अध्यक्षमा बराल - Like For Nepal    

रुपन्देहीको ओमसतिया १ मा राप्रपाको प्यानलै बिजयी, अध्यक्षमा बराल

भैरहवा।

रुपन्देहीको ओमसतिया गाउँपालिका बडा नम्बर एकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बेलबहादुर बराल सहित प्यानल नै बिजयी भएको छ।

 

बरालले १ हजार ७३८ मत ल्याएर बडा अध्यक्षमा बिजयी भएका हुन्। उनको प्रतिष्पर्धी एमालेको तर्फबाट एमालेको वडा अध्यक्षका उम्मेदवारले ६६६ मत ल्याएका छन्।

 

त्यसैगरी सदस्यहरुमा पनि राप्रपाका उम्मेदवार बिजयी भएका छन्। महिला सदस्यले १ हजार ५२२, दलित महिला सदस्यले १ हजार ।

 

७३८ र अन्य दुई सदस्यमा १ हजार ४३७ र १ हजार २५५ मत ल्याएर बिजयी भएका छन्। बराल यस अघि पनि राप्रपाबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।

 

गुल्मीको रेसुङगामा कांग्रेसका खिलध्वज पन्थी प्रमुखमा बिजयी ।गुल्मी। गुल्मीको रेसुङगा नगरपालिकाको प्रमुख (मेयर) मा नेपाली कांग्रेसका ।

 

खिलध्वज पन्थी विजयी भएका छन्। उनले नेकपा एमालेका रोजेन्द्र पाण्डेयले पराजीत गर्दै मेयरमा विजयी बिजयी भएका छन्।

 

उनको आधिकारिक रुपमा घोषणा हुन भने बाँकी छ। त्यस्तै उपप्रमुख (उपमेयर) मा पनि कांग्रेसकै अमृतादेवी कुवंर विजयी भएकी छन्।

 

उनले एमालेकी रिता पाण्डेलाई पराजीत गरेकी हुन्। कांग्रेसले रेसुङगा नगरपालिकामा १४ बटा वडा मध्ये १० बटा वडामा प्यानल ।

 

सहित विजयी हासिल गरेको छ। वडा नम्बर एकमा वडा अध्यक्ष बाहेक बाँकी सबै सदस्य कांग्रेसबाट निर्वाचित भएका छन्।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!