माओवादीको शानदार विजयी सुरुवात: यतिधेरै मत लिएर जित्यो माओवादी केन्द्रले - Like For Nepal    

माओवादीको शानदार विजयी सुरुवात: यतिधेरै मत लिएर जित्यो माओवादी केन्द्रले

काठमाडौं ।

गोरखाको गण्डकी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी सुरुवात गरेका गरेका छन् ।

पालिकाको १ नम्बर वडाको अध्यक्ष पदमा माओवादी केन्द्रका तोपमान गुरुङ ७१७ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अमन गुरुङले ५२२ प्राप्त गरे ।

छ महानगरमध्ये पाँचमा गठबन्धन र एकमा स्वतन्त्रको अग्रता छमध्ये पाँच महानगरपालिकाका मेयरमा गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

गठबन्धनका तर्फबाट विराटनगर महानगरपालिकामा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १०३८ मतसहित अग्रता कायम राखेका छन् ।

विराटनगरमा नेकपा एमालेका तर्फबाट सागरकुमार थापाले ७७४ मत ल्याएका छन् ।

वीरगन्ज महानगरपालिकामा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहले ४०७ मत ल्याउँदा एमालेका ।

उम्मेदवार विजयकुमार सरावगीले २९९ मत प्राप्त गरेका छन् ।त्यसैगरी, भरतपुर महानगरमा गठबन्धनका तर्फबाट नेकपा माओवादीकी उम्मेदवार ।

रेणु दाहालले ३२६ मत प्राप्त गर्दा एमालेका विजय सुवेदीले २८१ मत ल्याएका छन् ।ललितपुर महानगरमा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार ।

चिरिबाबु महर्जनले ३२६ मत ल्याउँदा एमालेका हरिकृष्ण व्यन्जनकारले १४१ मत प्राप्त गरेका छन् ।त्यसैगरी, पोखरा महानगरमा एमालेका ।

कृष्ण थापाले ७४ मत ल्याउँदा गठबन्धनका तर्फबाट नेकपा(एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्यले ७६ मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगरमा भने गठबन्धन तथा एमालेका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् ।

शाहले ८४२ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले ७२३ र कांग्रेसकी सिर्जना सिंहले ५०९ मत प्राप्त गरेकी छिन् । घोराही उपमहानगरमा माओवादीको सुरुवाती अग्रता ।

दाङको घोराही उपमहानगरपालिकाको सुरुवाती मतगणनामा नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको छ । मेयरमा माओवादीका हेमराज शर्मा पौडेलले ३७८ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरीले २८४ मत प्राप्त गरेका छन् । त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसका भूपबहादुर डाँगी क्षेत्रीले ।

३९२ मत प्राप्त गर्दा एमालेकी हेमाकुमारी डिसीले २७३ मत प्राप्त गरेकी छिन् । खुकुरी प्रहारको आरोपमा उपमेयरका उम्मेदवार पक्राउ, चारजना घाइते।

खुकुरी प्रहार गरेको भन्दै दाङ तुलसीपुर उपमहानगरपालिकाका उपमेयरका उम्मेदवार सुशील गन्दर्भलाई पक्राउ गरिएको छ ।

खुकुरी प्रहार हुँदा तुलसीपुर ४ रक्षाचौरका चारजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु ।

अर्यालका अनुसार तुलसीपुर ४ स्थित गन्धर्वकै घरनजिकै दुई पक्षबीच झडप भएको हो । नजिकै पूजामा मदिरा खाएर यसरी झडप भएको हुन सक्ने प्रहरीले बताएको छ ।

पुजामा गएका वेलामा मदिरा सेवन गरेपछि सामान्य विवाद भएछ’, अर्यालले भने ‘त्यसपछि खुकुरी हानाहानको अवस्था सिर्जना भएको देखिन्छ ।

दिउँसो निर्वाचनमा सामान्य विवाद भएको र त्यसैलाई लिएर साँझ झडप भएको स्रोतले बताएको छ ।‘दिउँसो रक्षाचौर स्कुलस्थित मतदान केन्द्रमा मतदान ।

भइरहेको थियो, त्यहीवेला केही युवाहरूले मतदानस्थलमै प्रचार गरिरहेका थिए, त्यसपछि गन्दर्भका छोरा सुमनले किन यसरी प्रचार गरेको भनी ।

ती युवाहरूलाई भनेपछि केही विवाद भएको थियो’,स्रोतले भन्यो ‘त्यसपछि ती युवा झगडा गर्ने नियतले नै साँझ घरमै गएका हुन् ।

छोरा सुमनलाई ति युवाहरूले पिट्न थालेपछि त्यसको प्रतिकारका लागि उम्मेदवार गन्धर्व गएको र उनीहरूमाथि पनि चोटपटक लागेको हो ।

निर्वाचनकै दिन शुक्रबार राति साढे ९ बजेतिर उक्त घटना भएको हो । गन्धर्व स्वतन्त्रको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको उपमेयरमा उम्मेदवार थिए ।

उनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौरनिवासी हुन् । घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!