बर्दिवास ।
महोत्तरीको बर्दिवासमा माओवादीको गढ भत्काउँदै नेकपा एमालेले विजयको झण्डा फहराएको छ । बर्दिवास नगरपालिका वडा ।
नम्बर ८ मा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा रूद्धबहादुर किङरिङ मगर विजयी भएका छन । सदस्यहरूमा एमालेकै ।
सीता घिमिरे, प्रतिमा विश्वकर्मा, प्रदीप तिमल्सिना, नागरेन्द्र चाैधरी विजयी भएका छन । माओवादीको शानदार जित: एमाले कांग्रेसको गठबन्धनलाई क्लिन स्विप पार्दै माओवादी विजयी।
सल्यान । सल्यानको कुमाख गाउँपालिका वडा नं. ७ को वडाध्यक्षम नेकपा माओवादी केन्द्रका डम्बर शाही निर्वाचित भएका छन् ।
शाहीले ६४३ मत ल्याई निर्वाचित भएक हुन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कवि चन्दले ५९५ मत प्राप्त गरेका छन् ।
यहाँ नेपाली कांग्रेस र नेकपा एमालेले तालमेल गरेका थिए ।वडा नं ७ माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार डिल्लीराज जैशीको वडा समेत हो ।