बझाङ ।
बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ मा एकीकृत समाजवादीको प्यानल नै विजयी भएको छ । एकीकृत समाजवादीका देवीभक्त ।
जोशी ४४० मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन ।जोशीका प्रतिद्वन्दी एमालेका सुरेस खत्रीले २३८ मत मात्रै ल्याए ।
४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् । आफ्नै वडामा कांग्रेस विजयी हुँदा रामकुमारी झाक्रीमा खुशीको सीमा पार, दिइन् बधाई।
चर्चित नेतृ एवं शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको आफ्नै वडामा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । कांग्रेस विजयी हुँदा समेत रामकुमारी झाँक्रीले भने खुशीको सीमा नै पार गरेकी छन् ।
उनले खुशी हुँदै हार्दिक बधाई शुशिल भाई । मेरो आफ्नो गाउँ मदाने गाउपालिका वडा नं. १ बाट गठबन्धनका उम्मेद्वार शुशिल चन्द अध्यक्षमा विजयी हुनु भयो।
यो राम्रो सुरूवात हो। लेखेकी छिन् । शुशिल चन्द नेपाली कांग्रेसका उम्मेदवार हुन् । सप्तरीको ११ स्थानमा मतगणना सप्तरीको १८ मध्ये ११ स्थानीय ।
तहमा मतगणना सुरु भएको छ । सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कङ्कालिनी, खडक, राजविराज, बोदे बर्साइन गरी छ नगरपालिका र ।
तिरहुत, महदेवा, अग्निसाइर कृष्णसवरन, तिलाठी कोइलाडी र विष्णुपुर गरी पाँच गाउँपालिकामा मतगणना सुरु भएकोजिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ को दुई र रुपनी गाउँपालिका–५ को दुई मतदान केन्द्रमा विवाद भई निर्वाचन स्थगित गरिएको छ ।
अन्य पाँच ठाउँमा सर्वदलीय बैठकपश्चात् मतगणनाको तयारी भइरहेको निर्वाचन अधिकारी रमेश जोशीले बताउनुभयो ।महादेवा र विष्णुपुर गाउँपालिकामा ।
लोसपा नेपाल, कञ्चनरुप र हनुमाननगर कङ्कालिनी नगरपालिकामा जनमत पार्टी, सप्तकोशी नगरपालिकामा नेपाली कांग्रेस, अग्निसाइर ।
कृष्णसवरण गाउँपालिकामा नेकपा (एमाले), खडक नगरपालिकामा जसपाले अग्रता लिएको छ । महादेवा गाउँपालिकामा लोसपाका ।
नगर प्रमुख पदका उम्मेदवार सुनिलकुमार मण्डलले ११६, जसपाका शिवनन्दन यादवले ५३ मत प्राप्त गर्नुभएको छ । विष्णुपुर गाउँपालिकामा ।
लोसपाका सुरेन्द्रप्रसाद यादवले १३४ र जसपा नेपालका उमेशप्रसाद यादवले ३५ मत प्राप्त गर्नुभएको छ । कञ्चनरुप नगरपालिकामा जनमत पार्टीका ।
नगरप्रमुखका उम्मेदवार इन्द्रदेव कौडगियाले ३६४ र जसपाका भोला पासवानले २६३ मत प्राप्त गर्नुभएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिकामा जनमत ।
पार्टीका प्रमुख पदका उम्मेदवार वीरेन्द्र माझीले २८३ र जसपाका शैलशकुमार साहले ४३ मत प्राप्त गर्नुभएको छ ।सप्तकोसी नगरपालिकाको ।
प्रमुख पदमा कांग्रेसका कृष्ण ढकालले ३५०,नेकपा (एमाले)का उत्तम शर्माले १९८ मत प्राप्त गर्नुभएको छ । अग्निसाइर कृष्णसवरन गाउँपालिकाको ।
अध्यक्षमा एमालेका दीनानाथ चौधरीले ४०८ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका पर्शुराम चौधरीको १९२ मत छ । खडक नगरपालिकामा ।
जसपाका प्रमुख पदका उम्मेदवार हेमायु हकले ३९ र लोसपाका नुनु चौधरीले ३५ मत प्राप्त गर्नुभएको छ।