फेरि भत्कियो शंकर पोख्रेलको गढ, माओवादीका रिमबहादुरको सानदार जित ! - Like For Nepal    

फेरि भत्कियो शंकर पोख्रेलको गढ, माओवादीका रिमबहादुरको सानदार जित !

दाङ ।

दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर बिजयी भएका छन् ।

यो वडामा कुल ७१४ मत खसेको थियो । यहाँ माओवादी केन्द्रं र राष्ट्रिय जनमोर्चाका बीचमा चुनाबी तालमेल भएको थियो ।माओबादी केन्द्रका ।

अध्यक्षमा निर्वाचित मगरले ३५८ प्राप्त गरि निर्वाचित भएका हुन । यो वडामा नेपाली काँग्रेसका उम्मेदवारले १९८, नेकपा एमालेका उम्मेदनवारले ।

७६ , स्वतन्त्र उम्मेदवारहरु गुलाफको फूल १७ र छाता चुनाब चिन्हले जम्मा १ मत प्राप्त गरेका थिए । सुरुवाति परिणाममा स्वतन्त्र र बागीको दबदबा।

काठमाडौँ — देशभर स्थानीय तह निर्वाचनको मतगणना जारी छ । देशभरको परिणाम हेर्दा मूलतः ठूला दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा ।

माओवादी केन्द्रबीच प्रतिस्पर्धा देखिन्छ । तर, मतगणनाको सुरुवाति परिणाम हेर्दा केही महत्त्वपूर्ण स्थानीय तहमा बागी र स्वतन्त्र उम्मेदवारले ।

पाएको परिणामले चुनावी परिणामलाई थप रोचक बनाएको छ ।पार्टीमा टिकट नदिएको असन्तुष्टि र दलीय व्यवस्थाप्रतिको निराशालाई एजेन्डा बनाएका ।

स्वतन्त्र उम्मेदवारले सुरुवाती परिणाममा सत्तारुढ गठबन्धन र अन्य दलका उम्मेदवारमाथि दबदबा बनाएका छन् । काठमाडौं, धनगढी, जनकपुर ।

र बर्दिवाससहित नगरहरूमा स्वतन्त्र र बागी उम्मेदवारले पाएको मतले तरङ्ग सिर्जना गरेको छ ।काठमाडौं महानगरपालिकाको मेयरमा ।

स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले निरन्तर अग्रता बनाएका छन् । अप्रत्याशित रूपमा बनेको उनको लोकप्रियताले दलहरूलाई चुनौती दिएको छ ।

यो समाचार तयार पार्दासम्म सार्वजनिक परिणामअनुसार साहले १९५ मत पाएका छन् भने पाँचदलीय गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसकी ।

सिर्जना श्रेष्ठले १३५ र नेकपा एमालेका केशव स्थापितले १११ मत पाएका छन् ।उता सुदूरपश्चिमको राजधानी धनगढी उपमहानगरपालिकामा स्वतन्त्र ।

उम्मेदवार गोपाल हमालले सुरुवाति गणनामा दोब्बरभन्दा धेरै मतले अग्रता लिएका छन् । उनले ७७ मत प्राप्त गर्दा पाँच दलीय गठबन्धनबाट कांग्रेस ।

उम्मेदवार नृपबहादुर वडले ३५ मत पाएका छन् । यहाँ नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दको ५ मत मात्रै छ ।त्यस्तै, महोत्तरीको बर्दिवास नगरपालिकाको ।

मेयरमा स्वतन्त्र उम्मेदवार प्रहलादकुमार क्षेत्रीेले अग्रता बनाएका छन् । यहाँ नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पछ्याइरहेका छन् ।

पछिल्लो परिणामअनुसार क्षेत्रीले ३४५ मत प्राप्त गर्दा एमाले उम्मेदवार टेकबहादुर बलम्पाकीले २५६ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार राजु खड्काले १५६ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवारबाहेक बागी उम्मेदवारहरूले समेत कतिपय ठाउँमा अग्रता लिएका छन् । जनकपुर उपमहानगरपालिकाको मेयरमा कांग्रेसका बागी उम्मेदवार ।

मनोजकुमार साह सुडीले दोब्बरभन्दा धेरै मतले अग्रता लिएका छन् ।कांग्रेसको उपमहानगर सभापति रहेका उनी सत्ता गठबन्धन दलबीच ।

चुनावी तालमेल हुँदा मेयर पद कांग्रेसले नपाएपछि राजीनामा दिएर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।पछिल्लो परिणामअनुसार स्वतन्त्र उम्मेदवार ।

साहले २३२ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट जसपाका उम्मेदवार लालकिशोर साहले ३४ मतमात्रै प्राप्त गरेका छन् । यहाँ नेकपा एमालेका शिवशंकर साहले ९५ मत पाएका छन् ।

काभ्रेको धुलिखेल नगरपालिकाको मेयरमा कांग्रेसका बागी उम्मेदवार विदुरबहादुर बस्नेतले अग्रता लिएका छन् । गठबन्धन दलबीच चुनावी ।

तालमेल गर्दा मेयर पद नेकपा एकीकृत समाजवादीको भागमा परेपछि बस्नेतले असन्तुष्टि जनाउँदै उम्मेदवारी दिएका थिए । सुरुवाती गणनामा बस्नेतले निरन्तर अग्रता बनाएका छन् ।

पछिल्लो परिणामअनुसार बस्नेतले ६६५ मत पाएका छन् भने नेकपा एमालेका अशोककुमार श्रेष्ठले ६२८ र गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार दयासागर श्रेष्ठले २६ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!