काठमाडौं ।
चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरू भएको छ।
मतगणना भइरहँदा मेयरका तीन प्रतिष्पर्धी भने कुम जोडेर बसेका छन्।
सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहाल, एमालेका विजय सुवेदी ।
र कांग्रेसबाट बागी उम्मेदवार जगन्नाथ पौडेल सँगै बसेका हुन्।अहिले वडा नम्बर १ का ।
तीन वटा मतपेटिका खोलेर मतगणना भइरहेको छ। भरतपुर महानगरपालिकामा ६८.८० प्रतिशत ।
मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
भरतपुरका २९ वटै वडामा मतदान सकिएपछि मुचुल्का उठाएर ।
चितवन उद्योग संघको प्रदर्शनी केन्द्रस्थित मतगणना स्थलमा ल्याइएको थियो।
भरतपुरमा ६५ गणना गर्दा रेनु र विजयबीच टक्कर। भरतपुर महानगरको प्रारम्भिक मत ।
परिणाममा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी झिनो मतले अगाडि देखिएका छन्।
६५ मत गणना हुँदा मेयरमा सुवेदीले २६ मत पाएका छन् भने गठबन्धनबाट ।
उम्मेदवार बनेकी माओवादीकी रेनु दाहालले २५ मत पाएकी छन्।
कांग्रेसबाट विद्रोह गरेर बागी उम्मेदवार दिएका जगन्नाथ पौडेलले ७ मत पाएका छन्। ६ मत बदर भएको छ।
मत गणना जारी छ।भरतपुरमा अघिल्लो पटक दाहालले मेयर जितेकी थिइन्।