रुकुम ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।
वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् ।
उनले ५ सय ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गरे ।
त्यस्तै अध्यक्षमा नेकपा माओवादी केन्द्रका विर्खबहादुर विष्टले ५ सय ४७ मत सहित अग्रता कायम गरेका छन् ।
उनका प्रतिस्पर्धी कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका गोरखप्रसाद चन्दले २ सय ८० मत ल्याएका छन् ।
उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रकै कमला रोका पुनको अग्रता छ ।
उपाध्यक्षमा पुनले ५ सय ४७ मत ल्याउँदा कांग्रेस–एमाले गठबन्धनबाट एमालेका ।
प्रकाश खड्काले १ सय ५७ मत ल्याएका छन् ।मुसिकोट नगरपालिकामा पनि मतगणना सुरु भएको छ ।
अन्य ४ वटा स्थानीय तहमा भने मत गणना सुरु हुन सकेको छैन ।
यो पनि: नुवाकोटको म्यागङ-१ मा कांग्रेसको प्यानल विजयी।
काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।
यही वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडाको वडाध्यक्ष पदमा ।
जिमाबहादुर तामाङ ९४ मत ल्याएर विजयी भएका निर्वाचन अधिकृतले सूर्यदर्शन पण्डितले जानकारी दिए ।
पण्डितका अनुसार नवनिर्वाचित तामाङको निकटतम प्रतिस्पर्धी ।
नेकपा (माओवादी केन्द्र)का अनिलकुमार घलेले ६९ मत प्राप्त गरेका थिए ।
वडाध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र दुई खुला सदस्य ।
गरेर वडाको पाँच जना पदाधिकारी नै कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
उक्त वडाबाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवारलाई ९३ , माओवादीका ।
उम्मेदवारलाई ६९, नेकपा (एमाले)को उम्मेदवारलाई ३७ मत प्राप्त भएको थियो ।
अहिले सोही गाउँपालिकाको वडा नम्बर २ को मतगणना जारी छ ।