धुलिखेलमा ५ सय मत गन्दा स्वतन्त्र उम्मेदवारको अग्रता, गठबन्धनका उम्मेदवार धेरै तल - Like For Nepal    

धुलिखेलमा ५ सय मत गन्दा स्वतन्त्र उम्मेदवारको अग्रता, गठबन्धनका उम्मेदवार धेरै तल

काठमाडौं ।

काभ्रेको धुलिखेल नगरपालिकामा ५ सय मत गन्दा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता लिएका छन्।

जेब्रा चुनाव चिन्ह भएका उनले २८३ मत पाएका छन् भने दोस्रो स्थानमा ।

एमालेका अशोककुमार ब्याञ्जुले २१३ मत ल्याएका छन्।गठबन्धनबाट उम्मेदवार ।

बनेका एकीकृत समाजवादीका उम्मेदवार दयासागर श्रेष्ठले ८ मत पाएका छन्।

मतगणना जारी छ। धुलिखेलमा अघिल्लो निर्वाचनमा एमालेका ब्याञ्जु विजयी भएका थिए।

अहिले अग्रता लिइरहेका बस्नेत धुलिखेल कांग्रेसका नगर सभापति थिए।

गठबन्धन गर्दा एकीकृत समाजवादीलाई मेयर दिइएपछि उनले बागी उम्मेदवारी दिएका थिए।

मोरङको कानेपोखरीमा एमालेको सुरूआती अग्रता । मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ।

रातिदेखि नै मतगणना सुरू भएको कानेपोखरीमा एमालेकी राजमती इङ्नामले अग्रता लिएकी छन्।

उनले ५१६ मत पाएकी छन्। उनलाई नेपाली कांग्रेसका सञ्जय भट्टराईले ३२२ मतसहित पछ्याइरहेका छन्।

कानेपोखरीमा २०७४ सालमा पनि प्रमुख र उपप्रमुख दुबै पद एमालेले नै जितेको थियो ।

यसपटकको चुनावमा यहाँ एमाले, कांग्रेस र माओवादी तीनै दल एक्ला एक्लै चुनाव लडेका छन्।

 

पछिल्लो मतगणनाको परिणाम यस्तो छ :

 

अध्यक्ष-

राजमती इङ्नाम – ५१६ एमाले

सञ्जय भट्टराई – ३२२ काङ्ग्रेस

सूर्य धिमाल – २१५ माओवादी

 

उपाध्यक्ष

 

भोला अधिकारी – ५४४ एमाले

मनकुमारी गुरुङ – ३९७ काङ्ग्रेस

तारा ओझा – १०२ माओवादी

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!