माओवादीको शानदार जित: एमाले कांग्रेस गठबन्धन तोडेर माओवादीको प्यानल नै विजयी - Like For Nepal    

माओवादीको शानदार जित: एमाले कांग्रेस गठबन्धन तोडेर माओवादीको प्यानल नै विजयी

सल्यान।

सल्यानको कुमाख गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन्।

रानाले ६०८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस–एमाले गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त गरेका छन्।

महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन्।

कांग्रेस–एमाले गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका मानबहादुर बुढाथोकीकै वडामा माओवादी केन्द्रको प्यानल नै विजयी भएको हो।

उक्त वडाबाट कांग्रेस–एमाले गठबन्धनका गाउँपालिका अध्यक्षका उम्मेदवार मानबहादुर बुढाथोकीलाई ५५८ मत प्राप्त भएको छ ।

भने माओवादी केन्द्र अध्यक्षका उम्मेदवार डिल्लीराज जैशीले ५१७ मत प्राप्त गरेका छन्।

त्यसैगरी उपाध्यक्ष पदमा माओवादी केन्द्रका धनसरा मल्लले ५५८ मत प्राप्त गरेका छन् भने कांग्रेस–एमाले गठबन्धनको तर्फबाट उपाध्यक्षका उम्मेदवार ।

एमालेका लालबहादुर रावतले ४८० मत प्राप्त गरेका छन्। कुल मतदाता १७३९ रहेको कुमाख गाउँपालिका वडा नं. १ मा १२१४ मत खसेको थियो।

चितवनको माडीमा माओवादी केन्द्रको अग्रता माडी नगरपालिका वडा नं. १ को मतगणना सुरु भएको हो। माडीको प्रारम्भिक नतिजा अनुसार गठबन्धनको अग्रता रहेको छ।

अहिलेसम्म २०० मत गन्दा मेयरमा गठबन्धन अन्तर्गत माओवादी केन्द्रका उम्मेदवार ऋषि काफ्लेले ८९ मतसहित सुरुवाती अग्रता बनाएका छन्।

त्यस्तै, नेकपा एमाले र राप्रपाको गठबन्धनबाट एमालेकी उम्मेद्वार कताराकाजी महतोको ८२ मत आएको छ।उपमेयरमा नेपाली कांग्रेसका खेम ।

महत्तोको ८० मत आएको छ भने स्वतन्त्र उम्मेद्वार कृष्ण पौडेलको ३८, राप्रपाको १८ मत प्राप्त भएको छ।यस्तै वडा नम्बर एकको वडाध्यक्षमा ।

कांग्रेसका जिवन महत्तोको ८९, राप्रपाका अमित लामाको ७५,एमालेका टिआर सुबेदीले ७ मत ल्याएका छन्।मतदान केन्द्रमा तनावदेखि ठाउँठाउँमा झडप र फायरिङसम्म ।

आज शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको छ । निर्वाचनका क्रममा देशका विभिन्न मतदान केन्द्रमा तनावपूर्ण स्थिति सिर्जना भएको छ ।

केही केन्द्रमा तनावका कारण मतदान अझै सुरु हुने सकेको छैन भने केहीमा तनाब व्यवस्थापन गरी मतदान सुचारु समेत गरिएको छ ।

तनाव र अवरोधमा अहिलेसम्म कुनै अप्रिय घटना नभए पनि मतदान कार्यक्रम प्रभावित भएको छ । कहाँ कहाँ भए तनाव ? सर्लाहीको धनकौलमा गोली चलेको छ ।

सर्लाहीको धनकौल गाउँपालिकास्थित पशुसेवा मतदान केन्द्रमा गोली चलेको हो । मतदानस्थल र प्रतिनिधि छनोटबारे दलहरुबीच विवाद बढेपछि ढुंगामुढा ।

प्रहार हुन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाईफायर गरेको हो । फायरपछि मतदान रोकिएको छ ।

दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ताले केही घण्टा मतदान कार्यक्रम अवरोध गरे ।

पालिकाको वडा नम्बर १ र २ का मतदान स्थलमा नेपाली कांग्रेसका कार्यकर्ताले रातिदेखि नै अवरोध गरेका हुन् ।उनीहरुले बुथ कब्जा गर्न खोजेपछि ।

तनाब उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी गंगा पौडेलले जानकारी दिए । उनकाअनुसार मतदाता आउने बाटो ।

अवरोध गरेका कांग्रेस कार्यकर्ताले मतदान केन्द्रमासमेत ढुंगामुडा गरेका छन् ।उनीहरुले ढुंगामुडा प्रहार गरेर अन्य दलका कार्यकर्तालाई प्रवेश गर्न नै दिएका थिएनन् ।

वडा नं १ को गैरीमुढीको पुतलीकाठ मतदानस्थल र २ का मतदानस्थलमा पनि उनीहरूले अवरोध गरेका थिए ।रामेछापको सुनापति र खाँडादेवी ।

गाउँपालिकाको मतदान केन्द्रमा झडप भएको छ । एउटा पक्षले अर्कोपक्षलाई कुटपिट सुरु गरेपछि उक्त दुई मतदान केन्द्रमा झडप भएको हो ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले २ राउन्ड हवाई फायरसमेत गर्नुपरेको छ ।त्यस्तै, काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान ।

केन्द्रमा तनावको स्थिति सिर्जना भएको छ । परिवारभित्रकै एक व्यक्तिको भोट अर्को व्यक्तिले हालेपछि विवाद सुरु भएको थियो ।

सिन्धुपाल्चोकको मेलम्ची–४ मा अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि तनाव सिर्जना भएको छ ।

यसैगरी पाँचपोखरी थाङपाल–२ को याङ्ग्री मतदान केन्द्रमा एउटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छुटेको मतपत्र भेटिएपछि पनि भएको थियो ।

बाजुराको बुढीनन्दा नगरपालिकास्थित मतदान केन्द्रमा तनाव भएपछि हवाई फायर भएको छ । दुई पक्षबीच सामान्य विवादमा ढुंगा ।

हानाहान भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको थियो ।दैलेखको ठाँटीकाँध गाउँपालिका–६ को मतदान स्थलमा दुई दलबीच ।

विवाद भएपछि मतदान स्थगित भएको छ । ठाँटीकाँध–६ मालिका माविमा रहेको पाचला मतदान केन्द्र बाहिर एमाले र नेमकिपाका कार्यकताहरूबीच विवाद ।

भएपछि मतदान स्थगित भएको हो । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको वडा समेत रहेको पाचलामा उक्त दलबीच विवाद भएपछि ।

भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको थियो । जिल्ला प्रहरीका कार्यालय दैलेखका अनुसार हाललाई मतदान प्रक्रिया स्थगित गरिएको छ ।

भने थप सुरक्षाका लागि जिल्लाबाट प्रहरी परिचालन गरिएको छ । हाल समस्या समाधान गरेर मतदान शुरु भएको छ ।ओखलढुंगाको चम्पादेवी ।

गाउँपालिका–९, मिश्र भन्ज्यांङको मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।झडपका क्रममा स्थितिलाई ।

नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।गण्डकी गाउँपालिका–७ घ्याल्चोकको ज्ञानमार्ग मावि ।

मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । हवाई फायर गरेर प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि बल्ल मतान सुरु भएको छ ।

बाराको सिम्रौनगढ नगरपालिका–२ बैरिया मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० समर्थकबीच झडप भएको हो ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!