काठमाण्डौँ ।
काठमाण्डौँको बुढानिलकण्ठ नगरपालीका वडा नम्बर १ मा नेपका एमालेको प्यानल नै विजयी भएको छ ।
१ नम्बर वडा अध्यक्षमा एमालेका सुरेन्द्र लामासहित को प्यानल नै विजय भएको छ ।
त्यस्तै मेयरमा एमालेका मिठारामा अधिकारीले ७ सय ७८ मत ल्याउँदा नेपाली कांग्रेसका विनोद ।
चालिसेले ४ सय २८ मत ल्याएका छन् । उपमेयरमा एमालेबाट अनिता लामाले ८ सय १२ मत पाएकी छन् ।
भने कांग्रेसी रमिला वाग्लेले ४ सय ५३ मत सहित लामालाई पछ्याइरहेकी छन् ।
चामे गाउँपालिकाको अध्यक्षमा एमालेका घले विजयी ।
मनाङको चामे गाउँपालिका एमाले विजयी भएको छ । अध्यक्षमा लोकेन्द्रबहादुर ।
घले ३ सय २० मतसहित विजयी भएका हुन् । उनका निकटतम ।
प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत मात्र पाए ।
उपाध्यक्षमा कांग्रेसकी मिङमार ढोमा लामा ३ सय २५ मतसहित निर्वाचित भएकी छन् ।
एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत मात्र पाइन् । घले यसअघि पनि अध्यक्ष थिए ।
चामेमा २०७४ को स्थानीय तह चुनावमा कांग्रेसले उपाध्यक्ष जितेको थियो ।
यसअघि वडा नम्बर १ मा एमालेका खड्कजंग गुरुङ र वडा नम्बर २ मा कांग्रेसका मंगलदेव गुरुङ निर्विरोध भइसकेका छन् ।
वडाअध्यक्षतर्फ वडा ३ को अध्यक्षमा कांग्रेसका विनोद लामा ७५ मत ल्याएर विजयी भएका छन् ।
एमालेका प्रेमकुमार श्रेष्ठले ५५ मत मात्र पाए ।वडा नम्बर ४ मा कांग्रेसका लोप्साङ ।
लामाले ८८ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् भने एमालेका पाल्साङ लामाले ४० मत मात्र ल्याए ।
वडा नम्बर ५ को अध्यक्षमा एमालेका कैले गुरुङ र कांग्रेसका फुर्पा छिरिङ लामाले बराबर ।
३०३० मत ल्याएका थिए । गोला प्रथाबाट एमालेका कैले गुरुङ निर्वाचित भएका छ्न् ।
चामे गाउँपालिकामा ७ सय ११ मतदाता रहेकामा ६ सय १० मत मत खसेको थियो ।