बुटवलमा गठबन्धनको अग्रता कायमै, एमालेलाई राप्रपाले उछिन्यो (हेर्नुहोस मत परिणाम) - Like For Nepal    

बुटवलमा गठबन्धनको अग्रता कायमै, एमालेलाई राप्रपाले उछिन्यो (हेर्नुहोस मत परिणाम)

काठमाडौं।

बुटवल उपमहानगरपालिकामा काँग्रेसको अग्रता कायमै रहेको छ । सत्ता गठबन्धनबीच तालमेल भएको बुटवलमा मेयर पदमा काँग्रेसका उम्मेदवारले २१५ मत पाउँदा राप्रपाले ११३ मत पाएको छ ।

 

एमाले भने ७८ मतका साथ तेस्रो स्थानमा छ । अहिलेसम्म ४०० मत गनिएको छ। भोक रोजुँ कि भोट ? काभ्रे खार्पाचोकका काइला तामाङले ।

 

भोट हालेनन्, भोट हाल्न हिँडेका र हालेर फर्किएकाहरुलाई भने काठमाडौंको त्रिपुरेश्वरपुर क्षेत्रमा उनको रिक्सा खुब काम लागिरहेको थियो ।

 

बुढ्यौली उमेरमा रिक्साको पाइडल खियाइरहेका उनलाई भोट हालेर आफ्नो जीवनमा बदलाव आउने विश्वास नै छैन । भुइँचालोमा घर ढल्दा र त्यसपछि कोरोना ।

 

महामारी आउँदा सरकार एक झोला चामल दिएर पन्छिएको उनले बताए । ‘दिनभर नकमाए बेलुका खान पाइदैन’, उनले भने, ‘मैले त भूकम्पमा घर ।

 

ढल्दा पुरिएर मतदाता परिचयपत्र हराएपछि अर्को बनाएको पनि छैन ।’ कटारी नगरपालिका–१०, उदयपुरका तेजबहादुर खत्रीको पनि निर्वाचनप्रति तामाङको जस्तै धारणा छ ।

 

चुनावका दिन ३० वैशाखमा कालीमाटीमा निर्माणको काममा खटिएका उनले पहिला भोट हालेर कुनै नतिजा नपाएकाले यसपालि गाउँ नगएको बताए ।

 

गाउँबाट उम्मदवारहरुले तारन्तार फोन गरेर आइदिनुपर्‍यो भनेपनि नगएको खत्रीले बताए । ‘बजेट आयो, विकास आयो भन्छन्, हामीलाई हुने केही ।

 

हैन,’ उनले भने, ‘एमालेलाई जिताइयो, माओवादीलाई पनि भोट लगाइयो, जितेपछि वास्तै गरेनन् । हामीले चाही एकोहोरो दुःख गर्नुपर्ने भएपछि किन ज्याला माया मारेर भोट हाल्न जानु ?

 

उदयपुर गाईघाटका प्रष्टबहादुर रानामगर पनि चुनावको दिनमा विहान ७ नबज्दै बुद्धनगरमा बनिरहेको एउटा विशाल भवनको फेदी बालुवा चाल्न आइपुगे ।

 

राजनीतिका बारे आफु प्रष्ट रहेको जनाउ दिँदै उनले भने, ‘बिग्रेका नेताहरु नसच्चिएसम्म भोट हालेर हामी जनताको दुःख हट्दैन ।

 

६ वर्षदेखि काठमाडौंमा काम गरिरहेका उनलाई सन्तानको भविष्यको चिन्ता छ । त्यसैले, भोट हाल्ने नाममा दैनिक आय खल्बलिने गरी काठमाडौं छोड्न मनले नमानेको उनले बताए ।

 

‘खर्च गरेर गएर गाउँ गएर भोट हालेपछि जनताको जीवनमा त्यसको फाइदा के त ?’, मगरले प्रश्न गरे, ‘नेताहरुको मात्र अवस्था फेरिने चुनावका लागि मजस्तो दैनिक काम गरेर छोराछोरी पाल्नेले के मरिमेटी गर्ने !

 

खडक नगरिपालिका–१, सप्तरीका देवेन्द्रप्रसाद चौधरी अनेक किसिमका चुनाव चिह्नम स्वस्तिक छाप हान्दैमा जनताको अवस्था नफेरिनेमा आफू विश्वस्त रहेको बताए ।

 

घामपानीमा लाइन लागेर भोट दिने जनताका लागि नेताहले माखो मार्छन् भन्ने विश्वास भएको भए चुनावपछि मात्र काठमाडौं फर्किन्थेँ हुँला’, घर गएर एक ।

 

साताअघि फर्किएको बताउँदै उनले भने, ‘जसले जिते पनि उस्तै हो । मेरो एक भोटले जित्ने मान्छे पनि उस्तै हो ।’मजदुरी क्षेत्रका सबै भोट हाल्न अनिच्छुुक भने छैनन् ।

 

जस्तो– महोत्तरी, गौशालाका २२ वर्षीय सन्तोष माझी भोट हाल्ने अधिकार खोज्दाखोज्दै काठमाडौं आइपुगेका हुन् । सानैमा बाबु गुमाएका उनी नेपाली नागरिकमा दरिनकै लागि संघर्ष गरिरहेको बताउँछन् ।

 

उनले नागरिकता लिन खोजेको ४ वर्षभन्दा बढी भइसक्यो, तर प्रशासनले विश्वास गरेको छैन । शुक्रबार चुनावको दिन निर्माण स्थलमा छड बंग्याइरहेका माझीले नागरिकता बनेको भए भोट हाल्न गाउँमा हुने बताए ।

 

‘सबै कागजात पुर्‍याएको छु, गर्नुपर्ने सबै मुचुल्का भएको छ,’ उनले भने, ‘साक्षीहरु पनि छन्, तर सानैमा टुहुरो भएको र बाबुको नागरिकता नहुँदा जिल्ला प्रशासनले नागरिकता दिएको छैन ।

 

शुक्रबार इन्द्रचोकमा ढुंगाको काम गरिरहेका ईश्वरपुर, सर्लाहीका एञ्जल लामालाई मन भएर पनि भोट हाल्न मौका जुरेन । विदेश जाँदा लागेको ऋणले थिचिएका उनलाई भोटको लागि काम नै माया मार्न आँट आएन ।

 

उनी भन्छन्, ‘अहिले मिलेन, अर्को चुनावमा मिलाएर भोट हाल्छु !’हेटौंडाका सोनाम तामाङले काठमाडौंको बसन्तपुर क्षेत्रमा रिक्सा चलाएको २० वर्ष पुग्न लाग्यो । न यता, न उताको मतदाता नामावलीमा उनको नाम छ ।

 

‘अघिल्लो चुनावमा खास्सै चासो भएन’, उनले भने, ‘यो वर्ष बुझ्दा मतदाता नामावलीको लागि फोटो खिच्न, कार्ड लिन र फेरि भोट दिन जाँदा लाग्ने खर्च जोड्दा नसक्ने भएपछि छोड्दिएँ ।

 

कालीकोटकी मनसुख शाही ठकुरी बसन्तपुरमा पानी बेच्छिन् । अघिल्लो स्थानीय निर्वाचनमा गाउँमै भोट दिएकी ७७ वर्षीया उनलाई यस पटक पनि भोट हाल्न मन थियो ।

 

पानी बेचेर गुजरा चलाइरहेकी मान्छे, आँफै खर्च पेलेर उती टाढा जान सकिन’, उनले भनिन् ।दोलखा, भीमेश्वरकी ६६ वर्षीया भगवती श्रेष्ठ ।

 

परिवारका ६ जनालाई मतदान गर्न गाउँ पठाएर आफू मजीपाटको किराना पसल चलाउन बसिन् । ‘चुनाव भनेको भर्खरकाले आफ्नो र मजस्ता बुढाबुढीले ।

 

छोरीनातीका भविष्यका लागि असल मान्छे छान्ने दिन हो’ उले भनिन्, ‘पसल हेर्ने मान्छे भएको भए म पनि गएर भोट हाल्थेँ ।’ मखन टोलमा घरको जग ।

 

खनिरहेका मनबहादुर लुङ्वालाई भोटको महत्व थाहा छ । चितवन खैरहनीका उनी भोट हाल्न मन भएर पनि जान पाएको खिन्न छन् ।

 

‘श्रीमतीलाई यही महिना तीन हप्ता अस्पताल राख्नुपर्‍यो ,’ उनले भने, ‘खर्च थेग्न मुस्किल भएको बेला भोक रोजुँ कि भोट भन्ने हुने रहेछ !

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!