गुडिरहेको जीपलाई ढुंगाले किच्दा तीन जनाको घटनाथलमै मृ*त्यु - Like For Nepal    

गुडिरहेको जीपलाई ढुंगाले किच्दा तीन जनाको घटनाथलमै मृ*त्यु

ओखलढुंगा । गुडिरहेको बोलेरो जीपलाई माथिबाट झरेको ढुंगाले किच्दा तीन जनाको घटनाथलमै मृत्यु भएको छ । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले किच्दा काे १ ज ३५६९ नम्बरको बोलेरोमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१ की ७ वर्षीया युनिषा कोइराला, सोही ठाउँका १० वर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेको प्रहरी निरीक्षक लङ्क श्रेष्ठले जानकारी दिए । उनका अनुसार जीपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला घाइते भएका छन् । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!