पलाष्टरवाली भन्छिन्,”पानी लिन जाँदा वसन्तले उनलाई झ्यालबाट हेर्ने गर्दथे”(भिडियो हेर्नुस) - Like For Nepal    

पलाष्टरवाली भन्छिन्,”पानी लिन जाँदा वसन्तले उनलाई झ्यालबाट हेर्ने गर्दथे”(भिडियो हेर्नुस)

पछिल्लो समय टिकटकमा निकै भाइरल भएकी प्लाष्टरवालीका नामले परिचित सोनु मोक्तान अहिले श्रीमान सहित मिडियामा आएको छिन । घर बनाउने ठाउँमा ज्यामी काम गर्दै नाँच्दै गाउँदै बनाएका टिकटक उनका निकै भाइरल हुने गरेका छ्न । यस अघि मिडियामा आएकी सोनुले आफुलाई श्रीमानले नै टिकटक चलाउन सिकाएको बताएकी थिइन् । दर्शकहरुले उनका श्रीमानको लनि खोजी गरे पछि अहिले सोनु सगैँ उनका श्रीमान वसन्त पनि मिडियामा आएका छन ।

सोनु र बसन्त आफुहरु दुबै जना घर बनाउने काम गर्दै आएको बताएका छन । श्रीमाले इटाको गारो लगाउने काम गरेको र श्रीमतिले प्लाष्टर गर्ने काम गरेको सोनुले बताएकी छिन् । आफुहरु ७ वर्ष देखि निरन्तर यहीँ काम गर्दै आएको बसन्तले बताएका छ्न । छोरा सानो भएकोले खाना बनाउनु पर्ने भएकोले आफू कामको लागी टाढा नजाने तर वसन्त काठमाडौ सम्म जाने सोनुले बताएकी छिन् । काठमाडौं नाली सफा गर्ने देखी लिएर जे काम भेटे पनि आफुले पहिले पहिले गर्ने गरेको वसन्त बताउँछन । इटा भट्टमा पनि इटा बनाउने काम पनि गरेको वसन्तले बताएका छन ।

अहिले पनि घरको गारो लगाउने काम देखि इटा बोक्ने काम समेत आफुले गर्ने गरेको वसन्तले बताएका छ्न । सोनु बिरामी भएकोले यस्तो काम गर्ने नसक्ने भएकोले प्लाष्टरको काम सजिलो हुन्छ भनेर सोनुलाई त्यही काम मात्र गर्न लगाएको वसन्तले बताएका छ्न । आफुहरुले बिबाह गरेको ८ वर्ष भएको र त्यही बेला देखि नै सगैँ काम गर्दै आएको सोनुले बताएकी छिन् । आफुहरुको भेट भक्तपुरमा होटलमा काम गर्ने शिलशिलामा भएको र मन परापर भएर प्रेम पछि बिहे गरेको बसन्तले बताएका छ्न ।

आफू पानी लिन जाने ठाउँमा बसन्तले काम गर्ने होटेल नजिक भएको सोनुले बताई । आफू त्यहां पानी लिन गएको बेला वसन्त झ्यालबाट हेर्ने र आफुलाई भेट्न आउने गरेको सोनु बताउँछिन । त्यसपछी प्रेम प्रस्ताव आफुले नै सोनुलाई राखेको वसन्तले बताएका छन । आफ्नो बुवा नभएको र दिदिको पनि बिहे भएकोले घरमा आमालाई हेर्नू पर्छ भनी आफुले भनेको सोनुले बताएकी छिन् । दुबै जना मिलेर कमाउला सहयोग गरौंला भनी बसन्तले भनेपछि आफुले बिहे गर्ने मानेको सोनुले बताएकी छिन् ।

अहिले आफुले सकेजती साथ सहयोग गर्दै आएको वसन्तले बताएका छ्न । सोनुलाई पहिले देखि नाच्न गाउन मन पर्ने भएकोले उनको टिकटक आइडी बनाई दिएको उनले बताएका छन । सोनुले टिकटक हेरे पछि आफू पनि चलाउछु भनेकोले आफुले आइडी बनाइदिएको वसन्तले बताएका छन् । पहिले टिकटक फोटो मात्र राख्ने गरेको सोनु बताउँछिन । पछि काम गर्ने ठाउँमस केही फुर्सद हुदाँ नाचेर भिडियो टिकटकमस राख्दा निकै भाइरल भएको सोनुको भनाइ छ । टिकटकमा भाइरल भएपछि परिवारबाट अझै सहयोग पाएको सोनुले बताएकी छिन् (भिडियो हेर्नूस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!