प्युठानमा खोलाले तीन जनालाई बगायो , एकको शब फेला २ ब्येपत्ता - Like For Nepal    

प्युठानमा खोलाले तीन जनालाई बगायो , एकको शब फेला २ ब्येपत्ता

प्युठानमा खोलाले तीन जनालाई बगाएको छ । माण्डबी गाउँपालिका स्थित अरङखोलाले एक महिला र दुई बालबालिकालाई बगाएको प्र’हरीले जनाएको छ । प्रहरीका अनुसार देबिसराको माण्डबी २ मा श’ब फेला परेको छ । दुई जना बालबालिकाको खोजी कार्य भैरहेको प्र’हरीले जनाएको छ । आपचौरबाट स्थानीय अस्पतालमा

जाने क्रममा २८ बर्षिया देबिसरा कार्की, देबिसराको दुई बर्षिय छोरा दिनेश कार्की, आठ बर्षिया अनुस्का अधिकारीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देबिप्रसाद गैरेले जानकारी दिनुभयो ।

यो पनि: तीन दिनदेखि परेको अविरल वर्षाका आएको बाढीले झापामा सात घर बगाएको छ। बाढीले ६८ घरपरिवारका १०० जनाभन्दा बढी विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। मंगल टुडुको चार जनाको परिवार, जेठा टुडुको सात जनाको परिवार,

सन्तोष राजवंशीको तीन जनाको परिवार र कवि राजवंशीको चार जनाको परिवार विस्थापित भएको डिएसपी थापाले बताए। उनीहरूलाई मंगलबार राति नै छिमेकीको घरमा सारिएको उनको भनाइ छ।मेची नदीमा आएको बाढी बस्तीमा पस्दा भद्रपुर नगरपालिका-५ शान्ति टोलका तीन घरपरिवार विस्थापित भएका छन्। मंगलवार राति साढे ११ बजे मेची नदीमा आएको बाढीले प्रतिमा मण्डलको ६ जनाको

परिवार, सतवीर सहनीको ५ जनाको परिवार र मालती देवी सहनी गरी १२ जना विस्थापित भएका हुन्। उनीहरुलाई राति नै सुरक्षित स्थानमा सारिएको डिएसपी थापाले जानकारी दिए। त्यस्तै‚ कनकाई नदीको बाढीले घर डुबान गर्दा झापा गाउँपालिका(२ सुगाबधानका ६ घरपरिवार विस्थापित भएका छन्। बाढीका कारण झापा-२ साला सोरेनको चार जनाको परिवार, खुमन सोरेनको दुई जनाको परिवार,

त्यस्तै‚ रतुवा खोलामा आएको बाढीले दमक नगरपालिका-७ स्थित पशुहाट पूर्वपट्टीको खोला किनारका सात घर बगाएको छ। बाढीले घरपालुवा जनावरहरू पनि बगाएको प्रहरीले जनाएको छ। दमक-७ का पूर्णबहादुर श्रेष्ठ, डम्बर श्रेष्ठ, पविमाया तामाङ, खड्ग लिम्बू, जमुना लिम्बू, मित्रबहादुर तामाङ, सुवास लिम्बूको घर खोलाले बगाएको डिएसपी थापाले जानकारी दिए। उनीहरू सबै जनाको घर बाँसको बेरा टिनको छानो भएको एक तले घर थियो।

बाढीले सुवासको पाँचवटा सुँगुरको पाठा, ६ वटा हाँस र कुखुरा पनि बगाएको छ। भकामारीका गौरीसँग ताजपुरिया, भैरवप्रसाद ताजपुरिया, सस्त ताजपुरिया, अमरलाल ताजपुरिया, खगेन्द्र ताजपुरिया, सूर्यनारायण राजवंशी, महेन्द्र राजवंशी, आलसिंङ राजवंशी, श्याम राजवंशी, हंस नारायण राजवंशी, झड्कन ताजपुरिया, लेलु ताजपुरिया, काम्रो ताजपुरियाको घर डुबानमा परेको हो। त्यस क्षेत्रमा अन्य २० घर उच्च जोखिममा रहेकोले सुरक्षाकर्मी परिचालन गरिएको छ।

त्यसै गरी शिवसताक्षी नगरपालिका–५ को कोभेलामुनी र शिबगञ्जमा १२ घर डुबान परेको छ। दुर्गा ताजपुरिया, दिवस भण्डारी, बंका टुडु, राजकुमार ताजपुरिया, विपिन राई, बोजनाथ बिमली, कृष्ण मैनाली, भूमि मैनाली, बहिन्द्र ताजपुरिया, विष्णु प्रसाईँ, उमेश ताजपुरिया र सूर्य राजवंशीका घरपरिवारलाई अन्यत्र सारिएको प्रहरीले जनाएको छ। कनकाई नदीले कटान गरी पानी गाउँ पस्दा गौरीगञ्ज गाउँपालिका(२ को भाकुरमारीका ४० घर डुबानमा परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!