रु’नु न हाँस्नुको अ’वस्था किसान ! पाकेर भित्राउन लागेको धान बालि बर्षाले न’ष्ट - Like For Nepal    

रु’नु न हाँस्नुको अ’वस्था किसान ! पाकेर भित्राउन लागेको धान बालि बर्षाले न’ष्ट

वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बाली’मा क्ष’ति पुगे पछि यहाँका किसान चि’न्ति’त भएका छन् । धानलाई वर्षाले झा’र्नुका साथै बोट समेत ढलेका छ । आइतबार र सोमबार दुई दिनको वर्षाले रुपन्देही लगायतका जिल्लामा धान’बाली न’ष्ट भए’का छन् । काटेर खेलमै सुकाउँदै गरेका तथा भर्खर काट्ने बेला भएका

धान बाली वर्षाले डु’वान’मा परेपछि कृषकको लाखौं मूल्यका धान बाली न’ष्ट भए’का हुन् । दशैं लगत्तै धान काट्न सुरु गरेका कृषकहरुले वर्षाका कारण क्ष’ति व्यहोर्नु परेको छ । धान उत्पादनको पकेट क्षेत्र मानिको रुपन्देहीका ओमसतिया, सियारी, शुद्धोदन, मर्चवारी, सम्मरीमाई, कोटइमाई लगाएका स्थानमा धानबाली वर्षाले न’ष्ट भए’का छन् ।

यसैगरी तिलोत्तमा, सैनामैना, कञ्चन गाउँपालिका, देवदह लगायतका कृषकहरुले पनि वर्षाका कारण क्ष’ति व्य’हो’र्नु परेको छ । रुपन्देहीमा ८२ हजार हेक्टर जमिनमध्ये रुपन्देहीमा यो वर्ष ६५ हजार भन्दा बढी हेक्टरमा धान खेती गरिएको छ ।

अहिले अधिकांशका खेतमा लगाइएको राधा–४, सर्जु–५२ लगायतका धान पाकिसकेको हुँदा ब’ढी क्ष’ति भए’का छन् । जिल्लाभित्र अगौते अन्तर्गत राधा ४, सुख्खा ३, हर्दिनाथ १ र केही भारतीय उन्नत जातका धान किसानहरुले लगाएका छन् ।

त्यस बाहेक मध्यम जातमा गोरखनाथ, लोकनाथ, मकवानपुर १, रामधाम, सावित्री, लोकतन्त्र, मिथिला, मनीषा, पृथ्वी, सुरज, चाँदनी जस्ता धानको खेती गरिएको छ । लुम्बिनी प्रदेश सरकार कृषि विकास निर्देशनालयले भने हालसम्म कुनै पनि क्षतिको विवरण नआएको जनाएको छ । जिल्लाहरुबाट क्षति

भएको नभएको विवरण आउँन बाँकी रहेको बताउँदै निर्देशनालयका सहायक सुचना अधिकारी अनिल कुमार कानु बानियाले सोही अनुसार आवश्यक कदम चालिने उल्लेख गरे । यो समयमो वर्षाले धान बाहेक अन्य खेती बालिहरुलाई समेत कुनै पनि फाइदा नगर्ने बताउँदै उनले कृषकहरुलाई समेत मौसमको ख्याल गर्न आग्रह गरे । ग्लोबल आवाजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!