Tuesday, September 21

यी रोगहरु जडी ओखती हुन्छ पीपलको पात, थाहा नपाएर हामीले दुख पाएका हुन्छौँ

यी रोगहरु जडी ओखती हुन्छ पीपलको पात, थाहा नपाएर हामीले दुख पाएका हुन्छौँ धर्तीमा पाइने वनस्पतीमध्ये पीपलले अक्सिजनलाई शुद्ध गर्ने सबैभन्दा अह्म बृक्ष हो । यो एक यस्तो बृक्ष हो, जसले २४ घण्टा अक्सिजन दिन्छ । जबकी, अन्य बनस्पतीले राती कार्बन डाईअक्साइड वा नाइट्रेट छाड्छ । यो यस्तो बृक्ष हो, जसले सूर्यको ताप त रोक्छ तर प्रकाशलाई रोक्दैन । पीपलको पात, हाँगा, जरा सबैमा औषधिय गुण हुन्छ । थुप्रै रोग निवारणमा यसको प्रयोग गर्न सकिन्छ ।

मुटुको रोगमा :
यदि मुटु सम्बन्धी कुनै समस्या छ भने पीपल लाभदायक हुनसक्छ । यसका लागि पीपलको १५ वटा ताजा हरियो पातलाई एक गिलास पानीमा राम्रोसँग उमाल्ने । पानी त्यसबेलासम्म उमाल्ने जब पानी एक तिहाइ घट्दैन । अब त्यसलाई सेलाउन दिने र छान्ने । उक्त पानीलाई तीन खुराक बनाउनुहोस् । त्यसलाई बिहान हरेक तीन घण्टाको अन्तरमा पिउनुहोस् । यसले यदि कुनै व्यक्तिलाई हृदयघात भयो भने पनि उसको मुटु पुन स्वस्थ्य हुन्छ ।

मधुमेहको समस्यामा :
पीपलको तीन वटा ताजा पत्ता र तीन वटा आँपको पात लिने । त्यसको पेस्ट बनाउने । यसलाई बिहान चपाउने । यो क्रम नियमित रुपमा गरिरहनुपर्छ । यसले मधुमेह नियन्त्रणमा प्रभावकारी काम गर्छ।

पेटको समस्यामा :
अनियमित खानपानले पेटमा समस्या हुन्छ । जस्तो कब्जियत, ग्याष्ट्रिक, पेटमा पीडा आदि हुन्छ । यस सबैबाट छुटकारा पाउनका लागि पीपलको पात उपयोगी हुन्छ । ताजा पीपलको पातलाई कुटेर त्यसको रस निकाल्ने । उक्त रसलाई बिहान र साँझ पिउनुपर्छ, नियमित रुपमा । यसले पेट सम्बन्धी समस्या हट्छ ।

मृगौलाको समस्यामा :
पीपलको ताजा पात र नीमको पातको मिश्रणलाई पानीमा उमाल्ने । उक्त पानीलाई सेलाएर एउटा भाँडामा राख्ने । अब, सो पानी बिहान र बेलुकी नियमित रुपमा पिउनुपर्छ । यो मृगौलाको समस्यामा फाइदाजनक हुन्छ ।

अन्य फाइदा : –
पीपलको बोक्रालाई पानीमा उमालेर पिउनुपर्छ, यसले शरीरमा युरिक एसिडको लेभल नियन्त्रण गर्छ । यो जोर्नीको समस्या हटाउन उपयोगी हुन्छ । – यदि आँखामा कुनै समस्या छ भने पीपलको पातबाट निस्कने दूधलाई आँखामा लगाउनुपर्छ । – यदि नाकबाट रगत बग्यो भने पीपलको पातबाट रस निकाल्नुपर्छ र त्यसलाई नाकमा लगाउनुपर्छ । anmolbichar.com बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!